असाेज १६ गते २०७८

कोपिला सहकारीको १४औं साधारण सभा सम्पन्न


पोखरा, १० असोज ।
कोपिला सहकारी संस्था लिमिटेडको १४ औं साधारण सभा समापन भएको छ । यहि असोज १३ गते देखी शुरु भएको साधारण सभा शनिवार एक कार्यक्रमका बिच समापन भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सहकारी रजिष्ट्रारको कार्यलय गण्डकी प्रदेशका रजिष्ट्रार उदयबहादुर पराजुलीले सहकारीले क्षेत्रहरु पहिचान गरि उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार ज्ञान बहादुर कार्कीले कोपिला सहकारी बिभिन्न आरोह अवरोह विच अगाडी बढ्दै अहिलेको स्थिति सम्म आइपुगेकोे स्मरण गराउनुभयो । सहकारीका अध्यक्ष ठाकुर प्रसाद पोख्रेल ले सहकारीले नाफामुलक ढंगले मात्र नहेरी सामाजिक उत्तरदायित्वका कामका साथै सदस्य मुखी कार्य गरेको बताउनुभयो ।
संस्थाका सचिव संजय पौडेल ले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठ ले गर्नु भएको थियो भने कार्य समिति सदस्य निर्मला लामिछानेले सहकारीका का सात सिद्धान्त वाचन र सेयर सदस्य चन्द्र बहादुर सुवेदी ले शुभकामना मन्तब्य राख्नु भएको. थियो ।
कार्यक्रममा अध्यक्ष ठाकुर प्रसाद पोख्रेलले संस्थाको बार्षिक प्रगति बिवरण,विष्णु प्रसाद अधिकारीले कोषध्यक्षको प्रतिवेदन, भरत आचार्य ले लेखासमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक बर्षमा संस्थामा कुल शेयर ३,९५,७९,५००, नियमित बचत १,९६,४४,८७६ ,कोपिला संचयकोषमा १,०१,७०,३४९,मुद्धती खातामा २,०२,०२,०००, र बचतमा ६,८४,३२,२९७ गरी कुल १६,६७,२२,३३६ वासलात भएको जानकारी कोषाध्यक्ष विष्णु प्रसाद अधिकारी ले बताउनु भयो ।