भर्सटाइल सजना बास्तोलाको नयाँ दशै तिहार गीत लाहुरे बजारमा
पोखरा । पछिल्लो समय निकै चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशै तिहार गीत ‘लाहुरे’ भर्खर बजारमा आएको छ । एक दशक देखि सांगितक बजारमा जमेकी बास्तोलाले दुई दर्जन बढी गीतमा स्वर भरेकी छिन् । ‘लाहुरे’ भने उनको पहिलो दशंै तिहार गीत हो ।
बाध्यताले मुग्लाने बनेका युवाहरुको कथामा बनेको गीत ‘लाहुरे’ नेपाली समाज र माटोको सुगन्ध बोकेको हृदयस्पर्सी गीत हो ।जादुमयी स्वरको धनी बास्तोला संगै गायक रामजी पौडेल , स्वरस्वती लामिछाने, कुमार गौतम र बलराम अधिकारीको आवाज सुन्न सकिन्छ । नारायण शर्मा र बलराम अधिकारीको शब्दमा सर्जक शर्माले मिठो संगीत भरेका छन् । सुनिल परियारको एरेन्ज र खुमन रानाको मिक्सिङमा रहेको गीतको म्युजिक भिडियोको निर्देशन होम गुरुङले गरेका छन् ।
मनमा कयुैँ सपनाहरु साँचेर, रहरहरु पालेर बाध्यताले विदेशमा रगत पसिना संग पैसा साटेर जीवनको अर्थ खोजिरहेका युवाहरुको कथालाई ‘लाहुरे’को भिडियोेमा चर्चित गायक तथा मोडल रामजी खाँड र कविता क्षेत्रीको जीवन्त अभिनय रहेको छ । खाँड र खत्रीलाई कृपा पौडेल, प्रतिमा कुवँर, तिर्सना बस्ताकोटी, भिमा क्षेत्री , सन्तोष, नविन दाहाल र कुमार गौतमले लोभलाग्दो साथ दिएका छन् ।
गनेश पौडेलले खिचेको भिडियोलाई सुवास अम्गाइले काटकुट पारेर चिरिच्याट पारेका छन् । यो गीत कुमार गौतम युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।
कमल पौडेल अथकपोखरा ४, कार्तिकफ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यान कास्कीको आयोजनामा शुक्रवारदेखि पोखरामा छैटौं गोदावरी तथा तेश्रो गण्डकी प्रादेशिक मेला सुरु भएको छ ।मेलामा विभिन्न फूल विरुवाका २५ वटा स्टल...
Read More
पोखरा महानगरपालिकाको नयाँ लोगो तयार भएको छ । महानगरको नयाँ लोगो पोखरा महानगरपालिका वडा नं. १० निवासी रीक गुरुङले निर्माण गरेका हुन् । गुरुङद्वारा तयार भएको लोगोलाई महानगरको २९औं...
Read More
काठमाडौं, भदौ २६ ।झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ लाई आगामी चैत्र २५ गते रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै...
Read More
८ असोज,पोखरानेपाल आइडलका फस्ट रनर अप प्रविण बेडवाल र समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । उक्त ‘नबोली नबोली’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत...
Read More