भर्सटाइल सजना बास्तोलाको नयाँ दशै तिहार गीत लाहुरे बजारमा
पोखरा । पछिल्लो समय निकै चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशै तिहार गीत ‘लाहुरे’ भर्खर बजारमा आएको छ । एक दशक देखि सांगितक बजारमा जमेकी बास्तोलाले दुई दर्जन बढी गीतमा स्वर भरेकी छिन् । ‘लाहुरे’ भने उनको पहिलो दशंै तिहार गीत हो ।
बाध्यताले मुग्लाने बनेका युवाहरुको कथामा बनेको गीत ‘लाहुरे’ नेपाली समाज र माटोको सुगन्ध बोकेको हृदयस्पर्सी गीत हो ।जादुमयी स्वरको धनी बास्तोला संगै गायक रामजी पौडेल , स्वरस्वती लामिछाने, कुमार गौतम र बलराम अधिकारीको आवाज सुन्न सकिन्छ । नारायण शर्मा र बलराम अधिकारीको शब्दमा सर्जक शर्माले मिठो संगीत भरेका छन् । सुनिल परियारको एरेन्ज र खुमन रानाको मिक्सिङमा रहेको गीतको म्युजिक भिडियोको निर्देशन होम गुरुङले गरेका छन् ।
मनमा कयुैँ सपनाहरु साँचेर, रहरहरु पालेर बाध्यताले विदेशमा रगत पसिना संग पैसा साटेर जीवनको अर्थ खोजिरहेका युवाहरुको कथालाई ‘लाहुरे’को भिडियोेमा चर्चित गायक तथा मोडल रामजी खाँड र कविता क्षेत्रीको जीवन्त अभिनय रहेको छ । खाँड र खत्रीलाई कृपा पौडेल, प्रतिमा कुवँर, तिर्सना बस्ताकोटी, भिमा क्षेत्री , सन्तोष, नविन दाहाल र कुमार गौतमले लोभलाग्दो साथ दिएका छन् ।
गनेश पौडेलले खिचेको भिडियोलाई सुवास अम्गाइले काटकुट पारेर चिरिच्याट पारेका छन् । यो गीत कुमार गौतम युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।
९ असार ,पोखरा घनश्याम पौडेल, पोखराको कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यको लागि शिक्षामूलक कार्यक्रम गरेको छ । शनिबार भएको सो कार्यक्रममा राष्ट्रिय सहकारी बैङ लि...
Read More
असोज १९ ,पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सह–प्रायोजकको रुपमा कृषि विकास बैंक लिमिटेडले सहयोग गर्ने भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी...
Read More
पोखरा, ५ बैशाख पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले नववर्ष २०८१ को शुभकामना आदान प्रदान सहित आफ्नो भित्तेपात्रो बिमोचन गरेको छ । बुधबार टुडाको पाटन पोखरामा रहेको आफ्नै कार्यालयमा भएको...
Read More
काठमाडौं,०५ साउन । चलचित्र ‘लू’ का लागि मुख्य पात्रको खोजी सुरु भएको छ । ‘लू’ चलचित्र क्लास्सिक टेक अन्तर्गतको कम्पनी क्यारो फिल्म्सले निर्माण गर्न लागेको हो । नयनराज पाण्डेद्वारा...
Read More