असाेज २ गते २०७८
पोखराको छोरेपाटनमा जमिन भासिदा दुई घर जोखिममा
पोखरा, २ भदौ । पोखरा १७ छोरेपाटन स्थित शितलचौतारी नजिकै जमिन भासिदा दुई घर जोखिममा परेका छन् । विहीबार राति साढे १० बजेको समयमा स्थानिय बिमला बोगटी र डिलमाया गुरुङको घर अगाडि नै भासिएको हो ।
सिद्धार्थ राजमार्ग सडकदेखि १५ मिटर पर १२ वर्गमिटर जति जमिन भाँसिदा दुई घर उच्च जोखिममा परेका हुन् । सोलार पोलसहितको जमिन एक मिटर बढी भासिएको छ भने घरको पेटी समेत भत्किएको छ ।
विहीबार राति नजिकै रहेको अस्थायी प्रहरी पोष्टमा ड्युटी खटिएका प्रहरीले जमिन भासिएको देखेपछि सम्बन्धित घरधनीलाई खबर गरेको छोरेपाटन प्रहरी चौकीका प्रहरी नायव निरिक्षक महेन्द्र पौडेलले जानकारी दिए ।
व्यवसायिक प्रयोजनमा प्रयोग भएको उक्त घरहरुमा दुई वटा किराना पसल र दुई वटा भाडा पसल छन् । शुक्रबार पसलहरु बन्द गरिएका छन् । आकाशको पानीले थप क्षति नपुगोस् भन्ने हेतुले त्रिपालसमेत टाँगिएको वडाअध्यक्ष तीर्थराज अधिकारीले जनाए ।