वैशाख २२ गते २०७८

पछिल्लो २४ घन्टामा गण्डकीका ५७४ संक्रमित, २ जनाको निधन

पोखरा,२२ वैशाख ।

पछिल्लो २४ घन्टामा कास्कीका २९२ सहित गण्डकीमा थप ५७४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२९० जनामा गरिएको परीक्षणमा ५७४ जनामा संक्रमण पुष्टि भएको हो।

आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ८७७ जनाको परीक्षणमा २९२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । आज थप भएकासंगै कास्कीमा कोरोना संक्रमितको संख्या १० हजार ७३८ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीमा थप दुई संक्रमितको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा स्याङ्गजा जिल्ला गल्याङ नगरपालिका (११ निवासी ५० वर्षीय पुरुष र पर्वत जिल्ला जलजला गाउँपालिका – ७ निवासी ८४ वर्षीय वृद्ध छन्।