भाद्र १३ गते २०७८
वाईसीएल अध्यक्षमा सुमन देवकोटा आउने सम्भावना
काठमाडौं, १३ भदौ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग ९वाईसीएल० का अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ यो पदबाट हट्ने भएका छन्।नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि काठमाडौंमा वाईसीएलको राष्ट्रिय सम्मेलन जारी छ। यसै क्रममा उनी वाईसीएलको अध्यक्ष पदबाट बिदा हुने भएका हुन्।माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा वाईसीएल र विशेष जिल्ला इन्चार्जको जिम्मेवारी पाएसँगै दीपशिखाले वाईसीएलको नेतृत्व छाड्ने भएका हुन्।
वाईसीएलको जारी सम्मेलनमा तीन जनाले अध्यक्ष पदमा दाबी गरेका छन्। सुमन देवकोटा, सुबोध श्रीपाइली र यशोदा न्यौपानेले वाईसीएलको अध्यक्ष पदमा दाबी गरेका हुन्।तर यीमध्ये यसअघि उपाध्यक्ष रहेका देवकोटाको सम्भावना बढी रहेको स्रोतले जनाएको छ।२०७४ भदौमा भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष भएका थिए भने श्रीपाइली महासचिवमा चयन भएका थिए।