रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार तनहुका कुमारमोहन लाई
३ भाद्र पोखरा, पोखरा फोटोग्राफर संघ द्वारा संचालित ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुंका फोटोग्राफर कुमार मोहन श्रेष्ठ लाई प्रदान गरिने भएको छ । १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघ पोखरा, नेपालले बिहिवार एक कार्यक्रमका विच उक्त पुरस्कार घोषणा गरेको हो ।
गण्डकी प्रदेश भरी वाट आएका सिफारिश का आधारमा ११ जिल्ला मध्येवाट श्रेष्ठलाई छानिएको पुरस्कार छनोट समिती संयोजक राममणि पौडेल ले बताए । पुरस्कार राशि २५ हजार ५ सय ५५ सहित सम्मानपत्र रहेको छ । पोखराका फोटोग्राफर गणेश छवि÷तिर्थ श्रेष्ठले पिता रामलाल श्रेष्ठ र माता श्रीमाया श्रेष्ठको सम्मानमा १ लाख ५५ हजार अक्षयकोष राखी स्थापना गरेको सो पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गरिँदैआएको छ । फोटोग्राफी व्यवसाय तथा फोटो माध्यमबाट समाजमा उल्लेख्य योगदान दिने फोटोग्राफरलाई प्रदान गरिने सो पुरस्कारबाट यसअघि पोखराका अग्रज फोटोगौफर विश्वरत्न शाक्य, नारायण बाटाजु , रमा राना र मदन सुब्वा सम्मान भइसकेका छन् ।
पोखरा फोटोग्राफर संघका अध्यक्ष जनक तिवारीका अनुसार उक्त पुरस्कार आगामी साधारण सभामा प्रदान गरिने छ । श्रेष्ठ बिगत ५० वर्ष देखी फोटोग्राफी पेशामा लागीरही हाल सम्म पनि सम्झना फोटो दमौली संचालन गरिरहेका छन। यति लामो इतिहास बोकेका फोटोग्राफर लाई पुरस्कृत मा छनौट गर्न पाउदा फोटोग्राफरहरुको शिर उँचो भएको छनौट समिति सदस्य दुर्गा प्रसाद पौडेल ले बताए । संस्थाका सचिव बिशु बराल ले संचालन गरेको कार्यक्रममा नारायणहरी अधिकारी ले स्वागत मन्तब्य राखेका थिए भने महिला समिति संयोजक शान्ती सुवेदी , आजिवन सदस्य भक्त तामाङ्ग पुर्व अध्यक्ष तुलसीराम सुवेदी , पुर्व अध्यक्ष राम्जी थापा निर्वतमान अध्यक्ष रविनाथ दाहाल संरक्षक गणेश छवि ले आ आफ्नो भनाई राखेका थिए ।
पोखरा, ७ फागुन । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ७५औं प्रजातन्त्र दिवसको अवसरमा संस्थाले...
Read More
१७ चैत माछापुच्छे« परोपकार संस्था लाहाचोकले एक समारोहबीच विभिन्न प्रतिभालाई सम्मान तथा प्रोत्साहन गरेको छ । संस्थाले शनिवार लाहाचोकका अग्रज समाजसेवी, युवा कृषक, खेलाडी, जेहेन्दार विद्यार्थी, ज्येष्ठ आमालाई सम्मान...
Read More
१५ असार,पोखरा स्थानीय रामबहादुर कुँवर, तुलसी पौडेल, डिल्लीराम नेपाली र कृष्णबहादुर कुँवरको करिव ७ रोपनी खेतमा महोत्सव भएको हो । हेमजाको मिलनचोक देखी प्रभात फेरी शुरु भएको कार्यक्रम कृषिमा...
Read More
पोखरा ५ पुस ।एघारौ संस्करणको पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सव आयोजक युनाईटेड क्लवले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २८ देखी माघको ९ गते सम्म...
Read More