रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार तनहुका कुमारमोहन लाई
३ भाद्र पोखरा, पोखरा फोटोग्राफर संघ द्वारा संचालित ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुंका फोटोग्राफर कुमार मोहन श्रेष्ठ लाई प्रदान गरिने भएको छ । १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघ पोखरा, नेपालले बिहिवार एक कार्यक्रमका विच उक्त पुरस्कार घोषणा गरेको हो ।
गण्डकी प्रदेश भरी वाट आएका सिफारिश का आधारमा ११ जिल्ला मध्येवाट श्रेष्ठलाई छानिएको पुरस्कार छनोट समिती संयोजक राममणि पौडेल ले बताए । पुरस्कार राशि २५ हजार ५ सय ५५ सहित सम्मानपत्र रहेको छ । पोखराका फोटोग्राफर गणेश छवि÷तिर्थ श्रेष्ठले पिता रामलाल श्रेष्ठ र माता श्रीमाया श्रेष्ठको सम्मानमा १ लाख ५५ हजार अक्षयकोष राखी स्थापना गरेको सो पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गरिँदैआएको छ । फोटोग्राफी व्यवसाय तथा फोटो माध्यमबाट समाजमा उल्लेख्य योगदान दिने फोटोग्राफरलाई प्रदान गरिने सो पुरस्कारबाट यसअघि पोखराका अग्रज फोटोगौफर विश्वरत्न शाक्य, नारायण बाटाजु , रमा राना र मदन सुब्वा सम्मान भइसकेका छन् ।
पोखरा फोटोग्राफर संघका अध्यक्ष जनक तिवारीका अनुसार उक्त पुरस्कार आगामी साधारण सभामा प्रदान गरिने छ । श्रेष्ठ बिगत ५० वर्ष देखी फोटोग्राफी पेशामा लागीरही हाल सम्म पनि सम्झना फोटो दमौली संचालन गरिरहेका छन। यति लामो इतिहास बोकेका फोटोग्राफर लाई पुरस्कृत मा छनौट गर्न पाउदा फोटोग्राफरहरुको शिर उँचो भएको छनौट समिति सदस्य दुर्गा प्रसाद पौडेल ले बताए । संस्थाका सचिव बिशु बराल ले संचालन गरेको कार्यक्रममा नारायणहरी अधिकारी ले स्वागत मन्तब्य राखेका थिए भने महिला समिति संयोजक शान्ती सुवेदी , आजिवन सदस्य भक्त तामाङ्ग पुर्व अध्यक्ष तुलसीराम सुवेदी , पुर्व अध्यक्ष राम्जी थापा निर्वतमान अध्यक्ष रविनाथ दाहाल संरक्षक गणेश छवि ले आ आफ्नो भनाई राखेका थिए ।
बैशाख २७, बैशाख । सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ। सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ। शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव...
Read More
कमल पौडेल अथकपोखरा २२, वैशाखपोखरामा पछिल्ला दिनमा कोरोना संक्रमणको अत्यास वढ्दो छ । यो अत्यास सँगै अर्को अत्यास भुस्याहा कुकुरको छ । हिजो आज मानिसले कुकुरलाई आफ्ना सन्तान भन्दा...
Read More
काठमाडौं, ८ माघ । प्रतिनिधिसभा विघटन विवादमा दायर भएका एक दर्जन रिटमाथिको बहस संवैधानिक इजलासमा थप पेचिलो बन्दै गएको छ। इजलासबाट कानुन व्यवसायीलाई प्रश्नमाथि प्रश्न आइरहेका छन्। बिहीबारको सुनुवाइमा...
Read More
पोखरा ४, चैत्र । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम ९युएनडिपी० को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना...
Read More