श्रावण ३२ गते २०७८

गण्डकीमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

पोखरा,३२ साउन ।गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । सोमबार प्रदेशभर थप १० जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २०६ पुगेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेमा अधिकांश कास्कीका छन् । निर्देशनालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन समितिका संयोजक नवराज शर्माका अनुसार कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ६ जना, स्याङ्जाका २, तनहुँ र नवलपुरका १÷१ जना छन् । मृत्यु हुनेमा ४० देखि ८१ वर्ष उमेर समूहका छन् ।