श्रावण ३० गते २०७८

ओलीको अत्याचार सहने स्थिति छैन माधव नेपाल

काठमाडौं,३० साउन ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित आफूनिकट वाग्मती प्रदेश सम्पर्क संगठन कमिटीको कार्यक्रममा उनले अध्यक्ष ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको भन्दै आफूहरु लुरुक्क परेर जाने स्थिति नभएको बताएका हुन् । अध्यक्ष ओलीले हालसम्म गरेका कुनै निर्णयबाट पनि पछि नहटेको र कुनै निर्णय पनि फिर्ता नभएको नेता नेपालले बताए ।