श्रावण २५ गते २०७८

नेपालमा हुने भनिएको एएफसी महिला एसियन कपको छनोट उज्वेकिस्तानमा हुने

काठमाडौं, साउन २५ ।

नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेल अन्र्गत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरका अनुसार कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल उज्वेकिस्तानमा हुने भएको हो।

महासचिव तुलाधरका अनुसार एसियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको हो।