श्रावण २२ गते २०७८
सर्वसाधारणको लागि प्रसाशसनद्धारा पार्टी प्यालेस खोल्न बन्देज, मन्त्रीका सम्मान कार्यक्रम पार्टी प्यालेसमै केन्द्रीत
कमल पौडेल अथक
पोखरा २१, साउन
जिल्ला प्रशासन कार्यालय कास्कीले यही साउन २९ गतेसम्म लकडाउन जारी राखेको सूचना जारी गरेको थियो । तर बजारमा लकडाउन जस्तो कहीं कतै छैन । कोरोना महामारी दिन प्रतिदिन वढ्दै गएको छ । समान्य नागरिकले मापदण्ड पालना नगर्नू कुरा वेग्लै छ । तर यहाँ राजनीतिक दलका नेता र मन्त्रीहरुले नै मापदण्ड पालना गरेको पाइँदैन ।
प्रसाशनले जारी गरेको सूचनामा अन्य सवै खोलेर होटल, पार्टी प्यालेस, दोहोरी साँझ, डिस्को डान्स लगायतलाई खोल्न अनुमति दिएको छैन । तर मन्त्रीहरुको सम्मान हुने पार्टी प्यालेस भने निरन्तर खुलिरहेका छन् ।
जहाँ विभिन्न संघ संगठन र राजनीतिक दलका भातृसंगठनहरुले मन्त्रीलाई सम्मान गर्न वोलाउँछन् । अनि मन्त्रीहरु पनि सम्मान खान भन्दै घाँटी धोएर जान्छन् । मन्त्रीका आसेपासे देखि राजनीतिक दलका कार्यकर्ता र अन्य उपस्थित नागरिकहरु ती पार्टी प्यालेसमा कोच्चिएर वसेका हुन्छन् ।
त्यहाँ न कोरोना सर्छ भनिन्छ न त कुनै सामाजिक दुरी र स्वास्थ्य मापदण्ड नै पालना हुन्छ । अहिले पोखरामा यस्तै देखिन्छ । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठ भन्छन् सरकारले पार्टी प्यालेस खोल्न नदिने तर त्यही पार्टी प्यालेसमा मन्त्रीको सम्मान तामझामका साथ गर्ने परिपाटीले समाजमा कोरोना मौलायो । उनले सरकारले कि सवै खुल्ला छ भन्नु पर्यो होइन भने मन्त्रीका सम्मान हुने पार्टी प्यालेस खोल्न दिने कुरा लापरवाही भयो उनले भने ।
कास्की प्रसाशनले पनि होटल तथा पार्टी प्यालेसलाई खोल्न अनुमति नदिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले वताए । मन्त्रीका कार्यक्रम पार्टी प्यालेसमा गरिएको वारे ध्यानाकर्षण भएको भन्दै मन्त्री जस्तो व्यक्तिले आफै संयमता अपनाउनु पर्ने वताए । उनले मन्त्रीले पनि अरुले नियम पालना गर्नु पर्छ हामीले गर्नु पर्दैन भन्ने जस्तो सोच राख्न नहुने वताए । यो कार्यकालागि आम नागरिकको खवरदारीको खाँचो रहेको उनले वताए ।