श्रावण २० गते २०७८

१९ बर्षदेखि वेपत्ता भएका बराल अझै भेटिएनन् शहिद र वेपत्ताले लेखाएको सपना पुरा गर्न लाग्छुः मन्त्री बराल



पोखरा २०, साउन
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल (जीवन) ले शहिद र वेपत्ताले देखाएको सपना पुरा गर्न तर्फ आफु लाग्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी माओबादी केन्द्र वडा कमिटि पोखरा १० को आयोजनामा बुधबार पोखरामा आयोजना भएको राज्यद्धारा वेपत्ता पारिएका मजदुर नेता चमनलाल बरालको १९ औं खोज सभामा वोल्दै मन्त्री बरालले शहिद र वेपक्ताले देखाएको बाटोमा आफुहरु लागेकोले उनीहरुको सपना पुरा गर्न तर्फ आफु लाग्ने बताएका हुन्।
माओबादी केन्द्र गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले अझै राजनीतिक अबस्था जटिल बन्दै गएको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री केपी ओली प्रबृत्तिलाई कुनै पनि हिसावले राज्यसक्ताको वागडोर दिन नहुने जनाए । आफुहरुले प्राप्त गरेको सत्तामा शहिदको रगत लत्तपत्तिको उल्लेख गर्दै मन्त्री बरालले सवैको राय सल्लाहले प्रदेशको आर्थिक विकास र समृद्धिको बाटोमा लाग्ने बताए । सुकुम्बासी समस्या आधारभूत रुपमा हल गर्न अहिलेको नयाँ सरकारले गर्ने भएको मन्त्री बरालले विश्वास व्यक्त गरे । उनले भने “ नयाँ सरकारले नयाँ प्याकेज ल्याउदै छ शहिद र वेपक्ताले देखाएको बाटो र लक्ष्य उद्धेश्यलाई निरन्तर पछ्याई रहने छु । ”
चमनलालकी श्रीमती जमुना बरालले आफ्नो श्रीमान हराएको १९ बर्षसम्म पनि पक्ता लगाउन नसकिएकोमा गुनासो गर्दै ३२ बर्षसम्म पोखरा १० स्थित नागिनटोलमा बस्दै आएकोले जग्गाको लालपूर्जा उपलब्ध गराउनु पर्ने माग गरिन्। उक्त टोलमा करिब ७० घर परिवार विगत ३० बर्ष भन्दा बढी लामो समय देखि बसोबास गर्दै आएको स्थानिय किरण प्रसाद भट्टले जनाए ।
पोखरा १० वडा कमिटिका अध्यक्ष किरण प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेशका विकास समितिका सभापति दीपक कोइराला रुपक, माओबादी केन्द्र जिल्ला सचिव बखानसिंह तमु, माओबादी केन्द्र पोखरा महानगर कमिटिका सचिव विश्व प्रकाश लामिछाने लगायतको सहभागिता रहेको घनश्याम गुरुङले बताए ।