माघ ११ गते २०८२

माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान

पोखरा, ९ माघ

पोखरा फोटोग्राफर संघले संघका सदस्यहरुलाई हालै सम्पन्न नेपाल फोटोग्राफर महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कायृक्रमका विच बधाई तथा सम्मान गरेको छ ।
पोखरा फोटोग्राफर संघ कास्कीले आयोजना गरेको आफ्ना सदस्यहरुका लागि दुई दिने ईन्टरनेटमा आधारित सेवा सम्बन्धी अधिमुखीकरण कार्यक्रमको अवसर पारेर उक्त सम्मान गरेको हो । पोखरा फोटोगांफर संघ सग आवद्ध संघका पुर्व अध्यक्ष तथा सललाहकार दुर्गा प्रसाद पौडेल केन्द्रिय उपाध्यक्ष,पुर्व अध्यक्ष तुलसीराम सुवेदी सचिव ,आजिवन सदस्य जीवन ढुङ्गाना कोषाध्यक्ष,पुर्वअध्यक्षहरु घनश्याम पौडेल,राममणि पौडेल,गुरु प्रसाद तिवारी, रविनाथ दाहाल,रामचन्द्र पोख्रेल केन्द्रिय सदस्यमा र पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङ पदेन केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि कैलास बचत तथा ऋण सहकारी संस्थाका लि.का अध्यक्ष खडानन्द अधिकारीले पानशमा बत्ती बालेर समुद्घाटन गरेका थिए । संस्थाकी उपाध्यक्ष तथा अधिमुखीकरण तालिम कार्यक्रमकी संयोजक नन्दकला पौडेलले उपस्थित सम्पुर्णमा स्वागत मन्तब्य द्धारा स्वागत गरेकी थिईन । सभाअध्यक्ष ,प्रमुख अतिथि तथा अतिथीहरुलाई महिला उपसमिति संयोजक मीरु लम्साल तथा बविता पौडेलले खादा लगाएर स्वागत गरेका थिए ।
अधिमुखीकरण कार्यक्रमकार्यक्रमको आवश्यकता र औचित्यका बारेमा सहजकर्ता संस्थाका पुर्व अध्यक्ष घनश्याम पौडेलले प्रकाश पारेका थिए । पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त बहादुर तामाड.को सभापतित्वमा संचालन भएको कार्यक्रमको संचालन संस्थाका सचिव लक्ष्मीपति पौडेलले गरेका थिए ।
कार्यक्रमको सफलताको लागि संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार बलराम शर्मा , संस्थाका पुर्व अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघ नेपालका नवनिर्वाचित सचिव तुलसीराम सुवेदी , संस्थाका पुर्व अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघ नेपालका नवनिर्वाचित उपाध्यक्ष दुर्गा प्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमको सहजकर्ता को रुपमा पुर्व अध्यक्ष तथा सल्लाहकार घनश्याम पौडेल तथा केशव लामिछाने,शिशिर थापा रहेका छन । कार्यक्रममा कास्कीका एक सय जना व्यवसायीक फोटोग्राफरहरुको सहभागीता रहेको थियो ।
नेपाल फोटोग्राफर महासंघ नेपालको हालै सम्पन्न प्रथम महाधिवेशनमा कास्कीबाट नव निर्वाचित पदाधिकारीहरु केन्द्रिय सदस्य तथा पदेन सदस्य लाई संस्थाको तर्फबाट बधाई तथा शुभकामना सहित सम्मान गरिएको थियो ।