श्रावण १८ गते २०७८
श्रमीकको समाजिक सुरक्षामा प्रदेश सरकारले विशेष ध्यान दिने
कमल पौडेल अथक
पोखरा १८, साउन
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले श्रमिकको सामाजिक सुरक्षामा प्रदेश सरकारले विशेष ध्यान दिने वताएका छन् ।
संयुक्त टेड युनियन समन्वय केन्द्र जेटियुसीसी द्धारा आइतवार पोखरामा आयोजित रोजगारदाता, श्रमिक र सरकारका प्रतिनिधिहरुको छलफल कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा वताएका हुन् ।
उनले कोरोना महामारीको बेला खोप लगाउन उमेरको हद आवस्यक भएको वताए । सरकारले अहिले जसरी पनि खोप लगाउने वातावरण वनाउने काममा लागेको वताए ।
प्रदेश सभा सदस्य मीना गुरुले श्रमिकका समस्यामा सरकार संवेदनशील वन्नु पर्ने वताइन् । सरकारले श्रमिकका समस्यालाई नियाल्न अझै नसकेको उनले गुनासो गरिन् ।
नेपाल टेड युनियन कांग्रेस गण्डकी प्रदेश संयोजक मुरारी शर्माले कोरोनाको कहरमा मजदुरको रोजी रोटी माथि संकट आएको वताए । उनले सामाजिक सुरक्षा कोषको मर्म अनुसार अगाडि वढ्नु आजको आवस्यकता भएको वताए ।
प्रदेश संयोजक रुद्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ, प्रदेश सभा सदस्यहरु मोहन रेग्मी, कृष्ण थापा, ललितकला गुरु, सामाजिक मन्त्रालयका सचिव गंगावहादुर क्षेत्री, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, गण्डकी ट्याक्सी प्रालिका अध्यक्ष गान्धीराज गिरी र जिफण्ड गण्डकीका उपाध्यक्ष नन्दलाल अधिकारी लगायतले वोलेका थिए ।