असार २० गते २०७८
पहिरो खस्न नरोकिएपछि नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध
काठमाडौँ, २० असार । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।
शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो । बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ । यस सडकखण्डमा पाँच स्थान पहिरोको उच्च जोखिममा छ । वर्षा मौसममा पहिरोले दुःख दिने गरेको छ ।