भाद्र १५ गते २०७७

यस वर्षको गजलप्रतिभा पुरस्कार डा. निरजलाई

यस वर्षको गजलप्रतिभा पुरस्कार डा. निरजलाई
पोखरा, भदौ १३ गते । यस वर्षको गजलप्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ ।गजल सन्ध्या, पोखराद्वारा गण्डकीप्रदेशका एक जनागजलकारलाईप्रदान गरिने पुरस्कारयस वर्ष तनहुँकागजलकार भट्टराईले नेपालीगजलमा पु¥याएका योगदानको कदर गर्दैप्रदान गरिने सन्ध्याकाअध्यक्ष मोहनभण्डारीले जानकारी दिए ।
सन्ध्याका सल्लाहकार तथापूर्व अध्यक्षदीपक समीपको संयोजकत्वमा संस्थापकअध्यक्षदिलिप दोषी रपूर्व अध्यक्ष बिर्सना बस्नेत सदस्यतथाअध्यक्ष मोहनभण्डारी र सचिवत्रुपक पदेन सदस्य रहेको प्रतिभाछनोट समितिको सिफारिसमा गजल सन्ध्याले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।एनआरएन युकेका युवा संयोजकलालबहादुर गुरुङद्वाराआफ्ना पिताको स्मृतिमा स्थापित रु. १ लाखको अक्षयकोषबाटप्रदान गरिने पुरस्कारमा नगद रु. १५हजार, ५ सय ५५,सम्मानपत्र र दोसल्ला रहेको छ ।
‘मेरो भन्नु केही छैन’ र ‘तलाश’ गरी २ गजलसङ्ग्रहका साथै‘धुवाँको धागो’नामककवितासङ्ग्रहप्रकाशन गरिसकेकाडा.भट्टराईका करिब १ दर्जन गीत र गजल रेकर्डभएकाछन् ।यसअघिमोतीरामभट्ट–तन्नेरी गजल पुरस्कार र राष्ट्रियशान्तिगीत पुरस्कारबाट पुरस्कृतप्रतिभाभट्टराईको ‘पल्लव’नामकगीत–गजलको एल्बमपनिबजारमा आएको छ ।
तनहुँको भानु नगरपालिका–६, चुँदीमाजन्मेका उनीहालमनमोहनकार्डियो थोरासिकभास्कुलर एण्डट्रान्सप्लान्ट सेन्टर, त्रिविशिक्षणअस्पतालमाकार्डियो थोरासिकएण्डभास्कुलर सर्जन तथाजनस्वास्थ्यविद्का रुपमाकार्यरत छन् ।
सो पुरस्कारबाटयसअघि रुपकवनबासी, इन्द्रकुमार विकल्प, गाविन्दराजविनोदी, कमलपौडेल ‘अथक’, दीपक समीप, आर. के. अदिप्तगिरी, कपिलशर्मा, जनार्दन दाहाल, जीवनपानी रबाबु त्रिपाठीपुरस्कृत भइसकेका छन् ।
सन्ध्याले मोतीजयन्तीकाअवसरमा एक वर्ष गजलप्रतिभा पुरस्कार र अर्को वर्ष गजलप्रतिभा सम्मान अर्पणगर्दै आएको छ । यस वर्षभने कोभिड–१९ का कारणउत्पन्नविषम परिस्थितिका कारण मोतीजयन्तीकै अवसरमा प्रदान गर्न नसकिएको रस्थिति समान्यभएपछिप्रदान गरिने अध्यक्षभण्डारीले जानकारी दिए ।