जेठ ३२ गते २०८०

दोहोरी गीत प्रतिष्ठान गण्डकीमा ६५ युनिट रगत संकलन

कमल पौडेल अथक
पोखरा ३२, जेठ
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीको आयोजनामा विहीवार पोखरामा भएको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको छ ।
प्रतिष्ठानले विश्व रक्तदाता दिवसको अवसर पारेर सो कार्यक्रम आयोजना गरेको हो ।
पहिलो रक्तदाता लोकदोहोर िगायक घनश्याम रिजाललाई व्लडव्याग हस्तान्तरण गर्दै प्रतिष्ठानका संरक्षक प्रजापति पराजुलीले अहिले कलाकारहरु आप्नो कला र गलाले बाँच्न सक्ने दिन आएको वताए । उनले विगतका दिनमा कलाकारलाई बाँच्न गाह्रो भएपनि अहिले क्षमता हुने कलाकार सजिलै जीउने बातावरण वनेको वताए ।
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपानेले कलाकारहरुले आफ्नो कला प्रष्फूटन सँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको वताए ।
प्रतिष्ठान गण्डकीका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा लोकदोहोरी गायक एवं प्रतिष्ठानका संरक्षक जीवन दाहाल, सुरेन्द्र गुरुङ यमबहादुर गुरुङ, कार्यक्रम संयोजक कृष्ण सुवेदी, र सचिव रामजी पौडेलले आ आफ्ना भनाई राखेका थिए ।
संस्थाले सो अवसरमा ७३ पटक रक्तदान गरेको भन्दै रेडियो सराङकोटका कार्यकारी निर्देशक कृष्णवहादुर थापालाई दोसल्ला ओढाएर सम्मान गरेको अध्यक्ष कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीले नयाँ र रचनात्मक कार्यक्रमलाई प्रतिष्ठानले जोड दिने वताए ।