वैशाख २९ गते २०७८
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन पृथ्वीसुब्बा गुरुङ नियुक्त
पोखरा २९, बैशाख ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेलले गुरुङलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ ९३० अनुसार ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रदेश प्रमुखले पौडेलले आज ४ बजेसम्म दुई वा दुइ भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर,तोकिएको समय भित्र चार दलले हस्ताक्षर बुझाएपनि आवश्यक बहुमत पु¥याउन नसकेका भन्दै ठूलो दलको हैसियतमा पुन गुरुङलाई नै नियुक्त गरेकी हुन् ।
जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले साथ नदिएपछि नयाँ गठबन्धनले ३१ जना सांसदको हस्ताक्षर पु¥याउन नसकेको हो । उनको आजै प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने कार्यक्रम रहेको छ ।
गुरुङ वैशाख २६ मा पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै बहुमतको सरकार बनाउन भन्दै प्रदेश प्रमुखले आजसम्मको समय दिएकी थिइन् ।
राजीनामा दिँदै गुरुङले काम गर्ने वातावरण नभएकाले पदबाट राजीनामा दिनुपरेको बताएका थिए ।