मंसिर ११ गते २०७८

कांग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी


कमल पौडेल अथक
पोखरा ११, मंसिर


नेपाली कांग्रेस स्याङजाको सभापतिमा राजु थापा विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी भागवतप्रकाश मल्ललाई ३२ मतले पराजित गर्दै सभापतिमा थापा विजयी भएका हुन् । हिजो भएका मतदानमा थापाले १ हजार १ सय १७ मत प्राप्त गर्दा मल्लले १ हजार ८५ मत प्राप्त गरेका हुन् ।
त्यसैगरी उपसभापतिमा केदार काफ्ले १ हजार ३ सय ७०, र शेरवहादुर रानाले ८ सय ९३ मत प्राप्त गरी विजयी भएका छन् ।
सचिवमा गुरु प्रसाद भट्टराईले १ हजार २ सय ९२ मत, दामोदार लम्सालले ९ सय ३४ मत प्राप्त गरी विजयी भएका छन् ।
सहसचिमा धुर्ववन्धु पौडेल १ हजार १ सय ५८, पृथ्वीप्रसाद पोखरेलले ९ सय ३९ मत प्राप्त गरी विजयी भएका छन् ।
कूल २ हजार २ सय ५७ मतदाता रहेको स्याङजा जिल्लामा २२ सय १८ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।