वैशाख ९ गते २०८२

बेलायत जान लागेका फोटो पत्रकार तथा डिजाइनर लामालाई सहारा क्लबको बिदाइ

मंगलबार, वैशाख ९, २०८२
पोखरा ।
पोखराको सहारा क्लबले क्लबका शुभचिन्तक तथा फोटोपत्रकार ओम लामालाई बिदाइ गरेको छ ।
रोजगारका लागि बेलायत जान लागेका पोखरा नयाँबजार निवासी लामालाई क्लबले मंगलबार खादा तथा फुलमालाले बिदाइ गरेको हो ।

सहारा क्लब र आहा रारा पोखरा गोल्डकपको विगत दुई दशकदेखि डिजाइनको काम गर्दै आएका लामालाई विदेश यात्राको सफलताको कामनासहित क्लबले धन्यवाद दिएको छ ।

क्लबका अध्यक्ष केशवराज बराल, पूर्वअध्यक्षहरु बिक्रम थकाली, वीरभद्र आचार्य, केशव बहादुर थापा, वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङ लगायतले खादा तथा माला लगाइदिएका थिए ।
आफू जहाँ भए पनि नेपाल र सहारा क्लबलाई नभुल्ने लामाले बताए ।क्लवका अध्यक्ष बरालले विश्वका जुनसुकै मुलुकमा गए पनि पहिला आफ्नो भूमि नेपाल त्यस पछि सामाजिक संघ संस्थालाई सम्झन आग्रह गर्नु भयो । पोखरामा दुई दशक भन्दा बढी समय संचारकर्मसगै डिजाइनमा समेत उत्कृष्ट कार्यसम्पादन गर्दै आउनु भएको लामाले पोखरामा पहिलो अनलाइन संचालन गरेको जनाउनु भयो । आफु जहाँ भए पनि नेपाल र सहारा क्लवलाई नभूल्ने बताउनु भयो । उहाँ फोटो पत्रकार संघ कास्कीका पूर्व अध्यक्ष हुनुहुन्छ भने पोखरा क्षेत्रको पहिलो अनलाइन लव्लि पोखरा डटकम संचालन गर्नु भएको थियो ।