असार ९ गते २०७८
कास्कीको कमाण्ड सम्हाल्न एसपी थापा आउँदै
पोखरा, ०९ असार । प्रहरी प्रधान कार्यालयले ५२ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी जिवनकुमार श्रेष्ठ लागु औषध नियन्त्रण ब्युरो, अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाण्डौ सरुवा भएका छन् । कास्कीमा रहँदा श्रेष्ठ ठूला विवादमा मुछिएनन् । मिलनसार, नम्र र आदरभाव गुणका साथ उनले एक वर्षे कार्यकाल सफलतापूर्वक गुजारे । मिडियामैत्री एसपीका रुपमा श्रेष्ठ रहे ।
अब कास्कीको कमाण्ड सम्हाल्न एसपी रमेश थापा आउँदैछन् । दानबहादुर कार्की कपिलवस्तु, ओम राना प्रदेश भैरहवामा सरुवा भएका छन् । त्यस्तै , तनहुँका एसपी अरुण पौडेल प्रदेश कार्यालय पोखरामा सरुवा भएका छन् । यसअघिका तनहुँका प्रमुख एसपी विनोद सिलवाल पनि तनहुँबाट प्रदेश सरुवा भएका थिए । अहिले सिलवालकै ठाउँमा पौडेल आउन लागेका हुन् ।