असार २९ गते २०८१

कास्कीमा एकै घर परिवारका ७ जना पहिरोमा परी मृत्यु

पोखरा २८, असार,

अविरल बर्षाका कारण कास्कीमा एकै घर परिवारका छोरी ज्वाई सहित ७ जना पहिरोमा परी मृत्यु भएको छ । पोखरा १९ पुरुन्चौरका तल्लोकोटका तुल बहादुर परियार र उहाँका छोरी ज्वाई अस्मित परियारको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्तकुमार शर्माले बताउनु भयो ।

उहाँका अनुसार कास्कीमा ३ ठाँउमा गएराति पहिरोमा परी ८ जनाको मृत्यु भएको छ भने २ जना वेपत्ता भएका छन । उक्त घटनामा नेपाल प्रहरी सहित सुरक्षा निकाय तथा स्थानियको सहयोगमा खोजी कार्य तथा उद्धार भई रहेको बताइएको छ ।