चैत्र २९ गते २०८०

लायन्स क्लब अफ पोखरा हेमजाको अध्यक्षमा सन्तमान श्रेष्ठ

हेमजा, २८ चैत
लायन्स क्लब अफ पोखरा हेमजाको अधिबेशन बुधबार पोखरामा सम्पन्न भएको छ । अधिबेशनले पुन सन्तमान श्रेष्ठको अध्यक्षतामा कार्य समिति चयन गरेको छ ।
क्लबको प्रथम उपाध्यक्षमा दुर्गा प्रसाद पौडेल, द्वितीय उपाध्यक्षमा सुरेश कुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, सचिबमा मदन पौडेल र कोषाध्यक्षमा गोबिन्द दाहाल सर्बसम्मत रुपमा निर्वाचित हुनु भएको छ । त्यस्तै एलसिआईएफ को अर्डिनेटरमा डोलराज श्रेष्ठ, चियरपर्सन गभर्नर मेन प्रोग्राममा राजेन्द्र बहादुर साप्कोटा, न्यु क्लब चियरपर्न एण्ड मेम्बरसीप ग्रोथमा मोतिराज तिमिल्सिना, सर्भिस चियरपर्सनमा प्रकाश पौडेल, मार्केटिंग एण्ड कम्युनिकेशन चियरपर्न सुजित श्रेष्ठ, स्पोर्ट्स डाईरेक्टरमा सुबिन श्रेष्ठ, हेल्थ डाईरेक्टरमा बिनोद कुमार श्रेष्ठ, ईन्भारामेन्ट डाईरेक्टरमा हरीश्चन्द्र पौडेल र शिक्षा डाईरेक्टरमा नबराज त्रिपाठी लाई चयन गरीएको छ ।
सन्तमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नयॉ बर्ष २०८१ सालको शुभकामना आदानप्रदान गरीएको थियो ।