वैशाख २२ गते २०७८

कोरोनाको कहर सँगै पोखरामा भुस्याहा कुकुर आतंक, पशु अधिकारका कुरा गर्दा मानिसमाथि भुस्याहा कुकुरको हमला


कमल पौडेल अथक
पोखरा २२, वैशाख
पोखरामा पछिल्ला दिनमा कोरोना संक्रमणको अत्यास वढ्दो छ । यो अत्यास सँगै अर्को अत्यास भुस्याहा कुकुरको छ । हिजो आज मानिसले कुकुरलाई आफ्ना सन्तान भन्दा माया गरेर पाल्ने गर्छन् । तर त्यही कुकुर कसरी पाल्ने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेवारे मानिसले हेक्का राख्दैनन् ।
यसरी पालिएका कुकुरलाई दिशा पिसाव गराउन एक विहानै अर्काको दैलो चोक चौतारी र वगानमा लैजाने गर्दछन् । पोखरामा एक थरी मानिस यस्ता छन् जसले कुकुर राम्रै सँग पाल्छन् तर दिशा पिसाव गराउन अर्कैको घरको गेट, वरण्डा र चोक चौतारीमा लैजाने गरेको देखिन्छ ।
यति मात्र होइन अन्त्यमा त्यो कुकुर वृद्ध भए वा रोगले संक्रमण गरेमा तिनै कुकुरका शौखिनहरुले सडकमा छाडा छोडिदिने गरेका छन् । यसरी सडकमा छोडिएका कुकुरका कारण सडकमा हिड्ने वटुवा सवै भन्दा पहिला आक्रमणमा पर्ने गरेका छन् । कुकुरले टोकेमा रेविज रोग लाग्छ । मानिसको मृत्यु पनि हुन सक्छ । तर यो वारेमा स्थानीय तहले कहिल्यै सोचेको पाइँदैन ।
सडकभरि कुकुर छन् मानिसलाई दिन दिनै आक्रमण गर्छन् स्थानीय तहले सुन्दैन लेखनाथ पावरहाउसका अर्जुनवहादुर वस्नेतले गुनासो गरे । भुस्याहा कुकुरका कुरा गर्यो भने पशु अधिकारका कुरा गर्छन् तर कुकुरको आतंकले सताएको छ उनले भने ।
पोखराका एक कुकुरका शौखिनले कुकुर पाल्न भैंसी पाल्न भन्दा दुःख भएको वताउँछन् । भैसीलाई मासु चाहिन्न तर कुकुरलाई दिन दिनै मासु आवस्यक पर्छ । त्यसैले भैंसी पाल्न भन्दा कुकुर पाल्न दुःख छ उनले भने ।
यी कुकुर विरुद्धका कुरा गरे पशु अधिकारको विषय उठान हुनु स्वभाविक हो । तर पशु अधिकार भनेर वस्ने हो भने मानिसका अधिकारको कुरा हरण हुँदै गएका छन् ।
त्यसैले कुकुर पाल्ने पोखराका सौखिन घरधनीहरुले आफूले पालेको कुकुरको रेखदेख र अन्त्यष्टि पनि आफैले गरेमा पशु अधिकार पनि सुरक्षीत हुने र वटुवा पनि सुरक्षीत रहने अवस्थाको ज्ञारेन्टी हुनेछ ।