वैशाख १० गते २०७८

ओलीले बुधबार थोरै आश, बिहीबार दम्भ देखाए : माधव नेपाल

जनकपुरधाम, १० वैशाख ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नभएको निष्कर्ष सुनाएका छन् । ओलीसँग बुधबार भएको भेटले थोरै आश जागेपनि बिहीबार ‘आफ्नो निर्णय माने मान, नमाने पार्टी छाड्न’ भन्ने शैली देखाएको उनले बताए ।

पार्टी अध्यक्ष ओलीसँग दुई दिन भएको वार्ताको फेहरिस्ता सुनाउँदै नेता नेपालले शुक्रबार जनकपुरधाममा भने, ‘केपी ओली कुनै पनि हालतमा एकताको पक्षमा हुनुहुन्न । उहाँमा माने मान, नमाने बाटो खुला छ भन्‍ने दम्भ छ ।’आफूले पछिल्लो समय बालुवाटारको बालुवा पेलेर तेल निस्कनेबेला छैन भन्दै आएको भएपनि बिहीबार भएको छलफलका क्रममा भने अलिकति आशा जागेको उनले सुनाए ।

त्यो दिन उनले अध्यक्ष ओलीलाई भनेका थिए, तपाईँको अध्यक्ष पद पनि खोस्न खोजेको होइन । प्रधानमन्त्रीबाट हट्नुस् पनि भनेको छैन । बस्नुस् प्रधानमन्त्री, तर पार्टीलाई सिस्टममा चलाइदिनुस् । माधव नेपाललाई पद चाहिएको छैन । बहुमत पुर्‍याएर निकाल्छ र प्रधानमन्त्री हुन्छ कि भनेर तर्सिनु पर्दैन ।’

ओलीले ‘त्यसो भए केही उपाय छ त रु’ भनेर सोधेका थिए । आफूले ‘म उपाय खोज्छु, सरकारलाई स्थायित्व दिन भूमिका खेल्छु’ भनेको नेता नेपालले सुनाए ।

तर बिहीबार आफूसँग छलफल गर्नुअघि नै ओलीले आफूहरुको हुर्मत लिने सोच देखिएको उनले सुनाए । पार्टी स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा धुरन्धर गाली गरेको र भेटवार्तामा पनि ओली त्यसरी नै प्रस्तुत भएको उनले बताए ।

‘मैले भने अब ९२०७५० जेठ २ मा फर्किऔं कमरेड । पार्टीलाई एकताबद्ध बनाऔं, मिलेर जाऊँ । क–कसलाई थप्नुपर्छ, त्यही छलफल गरौं । रामबहादुर थापा थपिएर केही फरक पर्दैन । हामी पनि २र४ जना मान्छे थपिदिउँला भनेर मैले भनेँ’ अध्यक्ष ओेलीसँग मेरियट होटलमा बिहीबार भएको सम्वाद उनले सुनाए ।