तेस्रो पोखरा फोटोग्राफी अवार्ड सम्पन्न (विजेता फोटोहरु,फोटोफिचर)
भाद्र ५,पोखरा
पोखरा फोटोग्राफर संघले सन्चालन गरेको तेस्रो पोखरा फोटोग्राफी अवार्ड शनिबार एक कार्यक्रमका बिच वितरण गरेको छ । संस्थाको ४१ औं साधारणसभा तथा अधिवेशनको अवसरमा विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कुमार खड्का को समुपस्थितिमा उक्त अवार्ड वितरण गरिएको थियो
१ .अशोक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७९ यसका लागि पोखरा फोटोग्राफर संघको सिफारिस बमोजिम आएका ४ सदस्यहरुको बायोडाटा अध्यान गरि अर्वाड बिधान तथा बिनियम अनुसार पहिलोे आधार निरन्तर फोटोग्राफीको अनुभव, दोश्रो आधार जन्म मिती उमेर तेश्रो पोखरा फोटोग्राफर संघलाई गरेको योगदान गतिबिधी र चौथो तालिम तथा शैक्षिक अवस्था र सामाजिक गतिबिधीहरुका सवै आधारमा मुल्यांकन गर्दा श्रीजयन्द्रराज राजभण्डारीलाई सर्बोउत्कृष्ठ छानिएको जानाकारी गरिन्छ ।
२. कैलाश फोटोग्राफर अफ दि इयर यस बिधामा गण्डकी प्रदेश भित्रका फोटोग्राफरहरुबाट प्राप्त ४३ फोटोहरु मध्यबाट १ सर्बोउत्कृष्ठ र अन्य उत्कृष्ठ ४ निम्न फोटोग्राफर हुन सफल भएका छन । सर्बोउत्कृष्ठ
१ राम्जी थापा , फोटो प्रतिभा २ .बिजय पहारी ३. दिपकमान उदास ४ .नविन ढुड।गाना ५ .कपिल सापकोटा
३ .मिलन यूथ इनर्जेटिक फोटोग्राफी अवार्ड यस बिधा अन्तरगत परेका कुल ५८ फोटोहरु मध्यबाट निम्न फोटोग्राफरहरु सर्बोउत्कृष्ठ बाकी ४उत्कृष्ठ हुन सफल भएकाछन । सर्बोउत्कृष्ठ
१. नारायणहरी अधिकारी २. प्रदिप श्रेष्ठ ३. प्रेम श्रेष्ठ ४. सुरेन्द्र तिवारी ५ .प्रेम बहादुर थापा
४. मिराज क्रियटिभ अवार्ड
१. मिराज पोट्रेट फोटोग्राफी यस बिधा अन्तरगत परेका कुल ५८ फोटोहरु मध्यबाट निम्न फोटोग्राफरहरु सर्बोउत्कृष्ठ बाकी ४ उत्कृष्ठ हुन सफल भएका छन । सर्बोउत्कृष्ठ
१. प्रदिप श्रेष्ठ २. अर्जुन कुवर ३. दिवश बराल ४ बसबहादुर सेर्पा ५. उदय राई
५. मिराज क्रियटिभ अवार्ड विबाह भिडियोग्राफी यस बिधा अन्तरगत परेका कुल १२ भिडियोहरु मध्यबाट सर्बोउत्कृष्ठ र बाकी ४उत्कृष्ठ हुन सफल भएका छन । सर्बोउत्कृष्ठ१ सुरेन्द्र तिवारी २. लक्ष्मीपती पौडेल ३. देवानन्द पोख्रेल ४. अनिल कार्की ५ . राम्जी थापा
६. प्रतियोगितात्मक फोटोग्राफी अवार्ड अन्तरगत रामतारा दैनिक जनजिवन फोटोग्राफी अवार्ड यस बिधा अन्तरगत परेका कुल ८४ फोटो मध्यबाट सर्बोउत्कृष्ठ फोटो र बाकी ४ उत्कृष्ठ हुन सफल भएका छन । सर्बोउत्कृष्ठ
१ बबी शाही २. खिमबहादुर लामिछाने ३. सुरेन्द्र तिवारी ४. अर्जुन कुवर ५. दिवश बराल
७ सस्कृति तथा पर्यटन फोटोग्राफी अवार्ड यस बिधा अन्तरगत परेका कुल ९४ फोटो मध्यबाट सर्बोउत्कृष्ठ फोटो र बाकी ४ उत्कृष्ठ हुन सफल भएका छन । सर्बोउत्कृष्ठ
१. कृष्ण कुमार श्रेष्ठ २. समिर रेग्मी ३. बबी साही ४. राम्जी थापा ५. अर्जुन कुवर
८. वातावरण तथा प्रकृती फोटोग्राफी अवार्ड यस बिधा अन्तरगत परेका कुल ९३ फोटो मध्यबाट सर्बोउत्कृष्ठफोटो र बाकी ४ उत्कृष्ठ हुन सफल भएका छन । सर्बोउत्कृष्ठ
१ अशिस पुरी २ दिवश बराल ३ राम्जी थापा ४ अमितशरण तिमिल्सेना ५ आदित्य बराल
कार्यक्रम उदघाटनसत्रका प्रमुख अतिथी गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री कुमार खड्काले आफ्नो उदघाटन मन्तब्यमा फोटोग्राफीको आवश्यकता औचित्य र संबेदनसिलताबारे प्रकाश पार्नु भएको थियो । पोखरा महानगर पालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले पनि फोटो र यस ब्यावसाय मार्फत समाजमा हुने योगदानबारे बताउनु भएको थियो । संघका अध्यक्ष जनकराज तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा फोटोग्राफर संघ गण्डकी का अध्यक्ष दुर्गा प्रसाद पौडेल ले संघ ले गरेका यस्ता कार्यहरुले फोटोग्राफर हरुको मनोवल बढ्ने तथा दक्षता विकास गर्नमा सहयोग पुर्याउने कुरा बताए ।
कार्यक्रममा पोखरा उद्योग वािणज्य संघका पवन प्रजापति पोखरा कैलाश बचत तथा ऋण सहकारी संसथाका खडानन्द अधिकारी फोटोग्राफर संघ गण्डकी का सचिव तुलसीराम सुवेदी,संस्थाका संरक्षक गणेश छवि, संघका अध्यक्ष जनकराज तिवारी, सचिव बिसुराज बराल, कोषाध्यक्ष नारायणहरी अधिकारी,नि वतृमान अध्यक्ष रविनाथ दाहाल, अक्षयकोषदाता भक्त तामाङ, सम्मानित ब्यक्तित्व जयन्द्रकुमार राजभण्डारी फोटोग्राफी भिडियोग्राफी अर्वाडका जुरी संयोजक घनश्याम पौडेलले अर्वाडको छनोट प्रक्रिया सम्बन्धमा बोल्नुभएको थियो
मुलुकको कूल राजश्व असुलीमा ६० प्रतिशत योगदान दिंदै आएको वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४–७५ भन्दा आर्थिक वर्ष २०७५–७६ मा वार्षिक राजश्व असुलीमा १९ प्रतिशतले कमी आएको छ ।...
Read More
Samaya Dristi
1 year ago
आलुको पहाडसँगै तस्विर खिच्नेको भीड पोखरा, २६ चैत ।१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको छ । कतिपय सेल्फीमा रमाएको...
Read More
पोखरा । पोखरा १७ मा रहेको ड्याम साईड क्लबले नेपालीहरुको दोश्रो ठुलो चाड तिहारको अवसरमा कार्तिक ६ गते आइतबार तिहार विशेष साँस्कृतिक साँझ गर्ने भएको छ ।खेलकुद, वातावरण, पर्यटनका...
Read More
कार्तिक ०४, पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिने...
Read More