चैत्र २६ गते २०७७
पत्रकार महासंघ कास्कीको अध्यक्षमा बिमला भण्डारी बिजयी, सचिवमा माधव बराल
पोखरा, २६ चैत । नेपाल पत्रकार महासंघ, कास्कीको अध्यक्षमा बिमला भण्डारी विजयी भएकी छन् । भण्डारी विजयी भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाएको छ । काँग्रेस निकट प्रेस यूनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर र चौतारी माधव नेपाल समूहको गठबन्धनको नेतृत्व लिएकी भण्डारीले प्रेस चौतारी र प्रेस मञ्च गठबन्धनका केशव शरण लामिछानेलाई ५३ मतले पराजित गरेकी हुन् ।
बिमलाले १७४ मत प्राप्त गर्दा केशवशरणले १२१ मत ल्याए । यस्तै, उपाध्यक्ष खुल्लामा बिमला प्यानलकै रामप्रसाद तिमिल्सिना बिजयी भए । उनले चौतारीका अर्जुन गिरीलाई ५० मतले पराजित गरेका हुन् । रामप्रसादले १७४ मत ल्याउँदा अर्जुनले १२२ मत ल्याए । महिला उपाध्यक्षमा जमुना वर्षा शर्माले जितिन् ।
केशव शरण प्यानलकी उनले रबिना आलेलाई ८ मतले हराइन् । जमुनाको १५१ र रबिनाको १४३ मत खस्यो । सचिवमा केशव शरण प्यानलबाट प्रेस चौतारीका माधब बरालले १४ मतले दीपक परियारलाई जिते । माधवले १५५ र दीपकले १४१ मत ल्याए । सहसचिव खुल्लातर्फ बिमला समूहका श्रीराम सिग्देलले जिते । श्रीरामले १७७ मत ल्याउँदा प्रतिष्पर्धी चौतारीका एमबी आस्था मगरले ११५ मत ल्याए । ६२ मतको अन्तर रह्यो । सहसचिव समावेशीतर्फ रेम बिक विजयी भए । उनले १६८ मत ल्याए भने चौतारीतर्फका दीपक के। श्रेष्ठले १२४ मत ल्याए । ४४ मतले यूनियनका रेमले जितेका हुन् । कोषाध्यक्षमा बिमला समूहबाटै कृष्ण दवाडीले जीत हात पारे । सेन्टरका दवाडीले चौतारीका एकराज गिरीलाई ६४ मतले पछाडि पारे । दवाडीले १७७ र गिरीले ११३ मत ल्याए ।
सदस्य महिला तर्फ सपना अधिकारी विजयी भइन् । उनले १४८ मत ल्याउँदा तारा चापागाईं दुवे १० मतले पछि पर्दै १३८ मतमा सीमित भइन् । दलित सदस्यमा विजय नेपाली बिजयी भए । १५६ मत प्राप्त गरेका विजयले चौतारीका सुरेश सुनार (१२६) लाई हराए। सदस्य जनजातिमा यूनियनका पदम श्रेष्ठ (१५६) ले खिमा कुमारी गुरूङलाई पराजित गरे । अन्य समावेशी तर्फ जैनव खातुनले १८३ मत प्राप्त गर्दै जीत हात पार्दा चौतारीका सूर्य बहादुर परियारले १०१ मत ल्याए । सदस्यहरूमा २२ जना प्रतिष्पर्धा गरेकोमा ९ जना समेटिनुपर्नेमा धन बहादुर गुरूङ (सुमन) १५२, शिवराज बस्ताकोटी १४३, कञ्चन थापा १३०, गीता राना मगर १२९, प्रभु अधिकारी १२८, सन्तोष बस्याल १२४, सन्तोष सुवेदी १२९ युवराज गुरूङ (युनिश) १३१ र हरि पन्त (१३५) विजयी भए । राष्ट्रिय परिषद सदस्य जनजाति तर्फ राजबहादुर गुरूङ विजयी भए भने । खुल्ला ४ जनामा कमल पौडेल अथक १५०, श्यामनाथ कुँवर १४२, आरजु बिष्ट सल्यानी १२६ र गंगाधर पराजुली १२६ विजयी भए ।