कलाकार सूर्य सुबेदीको निर्देशनमा ‘त्यो प्रेम’ सार्वजनिक
रमेश तिमल्सिना पोखरा, ८ साउन ।
रञ्जन राई र सुष्मा बिश्वकर्माको स्वरमा रहेको ‘त्यो प्रेम’ गितको भिडियो शुक्रबार सार्वजनिक भएको छ । रेभेरेन्ड पास्टर क्रुस सिंहको शब्द, संगित रहेको गितमा संगित संयोजन विशाल निरौलाले गरेका छन् । कलाकार सूर्य सुबेदीको पटकथा तथा निर्देशन रहेको म्युजिक भिडियोको सह–निर्देशन कलाकार उज्ज्वलराज ढकालले गरेका हुन् । रोशनी कार्की र मिलन नेपालीको मुख्य अभिनय रहेको भिडियोमा फादर दिपेश सुनार लगाएतका कलाकारहरुले साथ दिएका छन् ।
बाइबल ग्रन्थको लुका अध्यायमा समेटिएका केही बुँदाहरुको भावबाट रिफ्रेन्स लिएर भिडियो निर्माण गरिएको निर्देशकले जानकारी दिए । नारी निशन्तान हुँदाको पिडा र सन्तान प्राप्ती पछीको खुसीलाई निर्देशक सुबेदीले भिडियोमा कलात्मक ढंगबाट प्रस्तुत गरेका छन् । पोखरा थिएटरमा बिगत लामो समय देखि अभिनयमा सक्रिय रहदै आएका सुबेदीले यस अघि छोटा चलचित्र ‘लव ड्रप्स’ को निर्देशन गरिसकेका छन् ।
रेभेरेन्ड पास्टर क्रुस सिंहको लगानीमा बनेकोे भिडियोको छायांकन तथा सम्पादन बिकेश मगरले गरेका हुन् । बुढासुब्बा डिजिटल यूटुब च्यानलबाट सार्वजनिक गरिएको गितको निर्माण व्यबस्थापनको काम सन्दिप पाण्डेले गरेका हुन् ।
४,पुस ,पोखरा साइकल सिटी पोखराको आयोजनामा आगामी पुष ९ गते शनिबार ‘टुर दि पोखरा’ हुँदैछ । ‘थोपा–थोेपा इन्धन बचाऊ’ नारा साथ छैटौँ संस्करणको साइकल ¥याली हुन लागेको साइकल सिटीका...
Read More
पोखरा । पोखरा महानगरपालिका वडा नं १७ मा रहेको निलगिरी बचत तथा ऋण सहकारीको २५ औं साधारण सभा तथा रजत जयन्ती समारोह आइतबार सम्पन्न गरेको छ । सभाको...
Read More
पोखरा फागुन । नेकपा एमाले पोखरा महानगर कमिटिका आयोजनामा ग्रासरुट अभियान अन्तर्गत ३३ वटै वडाको वडा कमिटिका पदाधिकारी र महानगर सदस्यहरु बिचको पार्टी सुदृढीकरण बिस्तार अभियान २०७९ सम्पन्न भएको...
Read More
पोखरा, १५। गत २४ घण्टामा कोभिड १९ संक्रमणका कारण थप सात जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाल हालसम्म कुल...
Read More