फागुन २७ गते २०७७

जसपाको तीनबुँदे शर्तप्रति प्रधानमन्त्री ‘सकारात्मक’

काठमाडौं,२७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीचको भेटवार्ता सकिएको छ । वार्ता सकेर केहीबेरअघि जसपाका नेताहरु बालुवाटारबाट बाहिरिएका छन् ।

माओवादीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावनासँगै प्रधानमन्त्री ओलीले जसपाको समर्थन खोजिरहेका छन् । त्यही सिलसिलामा पार्टीका प्रमुख पाँच नेताहरुसँग उनले छलफल गरेका हुन् ।

प्रधानमन्त्रीसँग जसपाको वार्ता सकारात्मक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।