फागुन २ गते २०७७

मोटरसाइकल दुर्घटनामा युवतीको मृत्यु

पोखरा ,०२ फागुन ।

तनहुँको आँबुखैरेनीमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मध्यनेपाल नगरपालिका ६ लमजुङका १७ वर्षीया अन्वेषा पौडेलको मृत्यु भएको हो । सोही दुर्घटनमा मोटरसाइकल चालक युवराज घिमिरे सामान्य घाइते छन् ।

बिहान ८ बजेतिर मुग्लिनबाट पोखरातर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको एनएल ०१ एन २९८६ ग्याँस बुलेटलाई ओभरटेक गर्ने क्रममा गोरखाबाट मुग्लिनतर्फ जादै गरेको ग ३ च २०८४ नम्बरको निजी कारसँग ना १९ प ९२४ नम्बरको मोटरसाइकल ठक्कर खादा दुर्घटना भएको हो ।दुर्घटनामा पछाडि बसेकी पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख विकास थापाले जानकारी दिए ।

मृतक पौडेल पोखरामा कक्षा १२ मा अध्ययनरत रहेको र आज बिहान चितवनस्थित आफन्तको घरबाट पोखरा फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्र्टमार्टमको लागि दमौली पठाईएको प्रनि थापाले बताए ।