माघ २८ गते २०७७
नेपालमा तिन देशको तीन कोरोना खोप दर्ताका लागि प्रक्रियामा
काठमाडौं,२८ माघ । औषधि व्यवस्था विभागमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका तीन देशका कम्पनीले खोप दर्ताका लागि निवेदन दिएका छन्। जसमा भारत, चीन र रुसका कम्पनीले निवेदन दिएका हुन्। विभागका अनुसार एक कम्पनीको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने दुई देशका कम्पनीसँग थप कागजात माग गरिएको छ। औषधि व्यवस्था विभागमा चिनियाँ कम्पनी सिनोफामले उत्पादन गरेको खोप दर्ताका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
‘कम्पनीले सबै डकुमेन्ट बुझाइसकेको छ। तेस्रो चरणको क्लिनिकल ट्रयालको डकुमेन्ट मागेका छौँ, छिट्टै आउँछ होला,’ विभाग स्रोतले भन्यो। त्यसैगरी रुसले उत्पादन गरेको स्पुतानिक भी खोप दर्ताका लागि विभागमा निवेदन दिएको छ। भारतीय कम्पनी भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनका लागि विभागमा निवेदन दर्ता गराएको छ।