पौष २८ गते २०७७

हतियारसहित ट्रम्प समर्थक प्रदर्शनको तयारीमा

अमेरिकामा आउँदा दिनहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हतियारसहित हिंसात्मक प्रर्दशनको तयारी गरेको चेतावनी संघीय अनुसन्धान ब्यूरो ९एफबिआई० ले दिएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको शपथको दिनसम्म सबै ५० राज्यमा हतियारसहित प्रदर्शनको तयारी भइरहेको सूचना प्राप्त भएको एफबिआईले उल्लेख गरेको छ ।

जनवरी २० मा हुने शपथग्रहण समारोहलाई प्रभावित पार्नका लागि सबै ५० राज्यका राजधानी तथा वासिङ्गटन डिसीमा भेला हुने तयारीमा हतियारधारी समूह रहेको जानकारी प्राप्त भएको एफबिआईलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।
– एजेन्सी