युरो कप छनोट फुटबलमा पोर्चुगलले सर्वियामाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगल ४–२ गोल अन्तरले विजयी भयो ।
पहिलो जित निकालेको पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण गोल गरे । पोर्चुगलका लागि ४२ औं मिनेटमा विलियम कार्वाल्हो, ५८ औं मिनेटमा गोनकलो गेदेस, ८० औं मिनेटमा रोनाल्डो र खेल सकिन चार मिनेट बाँकी छँदा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए ।
यसअघि ६८ औंं मिनेटमा मिलिनकोभिक र ८५ औं मिनेटमा मित्रोभिकले सर्वियाका लागि गोल गरेका थिए । समूह बीको दोस्रो स्थानको पोर्चुगलले तीन खेलबाट ५ अंक जोडेको छ । सर्विया भने ४ खेलबाट ४ अंक सहित तालिकाको चौथो स्थानमा छ । समूहको शीर्ष स्थानको युक्रेनले ५ खेलबाट १३ अंक जोडेको छ । शनिबार रातिकै खेलमा युक्रेनले लिथुआनियालाई ३-० गोल अन्तरले हरायो ।
कोपा अमेरिका टुग्याउँदा चिलीलाई पराजित गर्दै अर्जेन्टिना तेस्रो स्थानमा चित्त बुझाउँदालियोनेल मेस्सीको गोलरहितको यात्रा गरेका छन् । अघिल्लो संस्करणमा चिलीसँग पराजित हुदैं उपविजेतामा सीमित भएको अर्जेन्टिनाले तेस्रो स्थानमा खुम्चियो...
Read More
नेपाली लेखक संघको सातौं राष्ट्रिय महाधिवेशनको तयारी पूराकमल पौडेल अथकपोखरा १६, चैत्रनेपाली लेखक संघको यही चैत्र १८ र १९ गते पोखरामा हुने सातौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ...
Read More
इस्लामावाद- मङ्गलबार पाकिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको प्रहरीले बताएको छ। पाकिस्तान प्रशासित कश्मिर र पंजाब प्रान्तलाई केन्द्र बनाएर उक्त भुकम्प गएको थियो।मिरपूरका डेपुटी इन्स्पेक्टर जनरल...
Read More
११, बैशाख काठमाडौँ ।कतारका अमिर राजा शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन् । उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । काठमाडौँका प्रमुख...
Read More