पौष २७ गते २०७७

पल्सर स्पोर्टस अवार्ड कार्यक्रमको अन्तिम तयारी

पोखरा, २७ पुष ।
नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्ड कार्यक्रमको अन्तिम तयारी सकिएको छ । । मञ्चले स्थापनाको २५ आंै वर्ष मनाउने क्रममा मंगलबार अर्थात यही पुष २८ गते १७ औं पल्सर स्पोर्टस अवार्ड गर्न लागेको हो ।

कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डलाई रजत वर्षको रूपमा मनाउन लागिएको विज्ञप्तिमा जनाएको छ ।

खेलकुद पत्रकारितासँगै खेलाडी र खेलकर्मीको प्राप्त उपलब्धिलाई सम्मान गर्न मञ्चले आफ्नो स्थापनाकालदेखि नै अवार्ड कार्यक्रम सुरुवात गरेको थियो । सुरुवातका केही वर्ष आयोजना गरे पनि यस कार्यक्रमले निरन्तरता सकेको थिएन ।

घरेलु भूमिमा आयोजित नेपाली खेलाडीका लागि ठूलो खेलमहोत्सव १३औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडीले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्न पनि स्पोर्ट्स अवार्ड आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।