फागुन २९ गते २०७९

लोक तथा दोहोरी गीत प्रतिष्ठानको स्थापना दिवसमा सरसफाईका सामग्री वितरण

कमल पौडेल अथक
पोखरा २९, फागुन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले प्रतिष्ठानको २२औं स्थापना दिवसको अवसरमा सोमवार सरसफाईका सामग्री हस्तन्तरण गरेको छ ।
पोखरा १४, वाच्छेबुडुवामा रहेको वात्स्यायन वृद्धाश्रममा सरसफाईका सामग्री हस्तान्तरण गरेको हो । ती सामग्री आश्रमका सचिव युवराज वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
त्यहाँ रहेका १७ जना बृद्धबृद्धालाई सरसफाईको लागि आवस्यक पर्ने केही थान बाल्टी, जग, हरपीक, साबुन, सरफ, कुचो, सावुन राख्ने भाँडा, हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष राजन कार्कीले जानकारी दिएका छन् ।
प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन भएसँगै बृद्धाश्रममा स्थापना दिवस मनाएर कार्यकालको सुरु गरेको समेत अध्यक्ष कार्कीले वताए ।
सो अवसरमा वोल्दै प्रतिष्ठानका पूर्व केन्द्रीय उपमहासचिव चोलेन्द्र पौडेलले सिर्जनाको माध्यमवाट कलाकारहरुले राज्यलाई खवरदारी गर्नु पर्ने वताए । उनले आश्रमले ज्येष्ठ नागरिकलाई आश्रय दिएर उदाहरणीय कार्य गरेको उल्लेख गरे ।
नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य एवं रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथकले कलाकारहरुले गीत गाएर समाजबाट लिने मात्र नभइ सामाजिक सेवा मै सहयोग गर्ने हैसियत राख्नु गौरवको कुरा भएको वताए ।
सो अवसरमा मिलीजुली दोहोरी साँझका संञ्चालक दीपिका वयम्वू मगरले आश्रमलाई ५ हजार नगद हस्तान्तरण गरेकी छन् ।
प्रतिष्ठानका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारहरु तारपति सुवेदी, सीता केसी, रवीन गुरुङ, बरिष्ठ उपाध्यक्ष माया गुरुङ, महासचिव रामजी पौडेल, स्याङ्जाका अध्यक्ष नेत्र खड्का लगायतले वोलेका थिए । सो अवसरमा आश्रममा कालाकारहरुले केहीबेर भजन किर्तन गरेका थिए ।