पौष २३ गते २०७७
सन्दीपले विकेट लिए पनि होबार्ट पराजित
पोखरा । अस्ट्रेलियामा भइरहेको बिग बास लिग (बिबिएल) नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध होबार्ट हरिकेन्स पराजित भएको छ । बिहीबार भएको खेलमा होबार्ट सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको हो ।
पर्थमा भएको खेलमा थन्डर्सले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभर खेल्दा आठ विकेटको क्षतिमा एक सय २८ रन मात्र बनाउन सक्यो ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो ।
यस खेलमा सन्दीप एक विकेट लिन सफल भए । उनले चार ओभरमा २३ रन खर्चिएर एक विकेट लिए ।सन्दीपले लगातार तेस्रो खेलमा विकेट लिएका हुन् । यसअघिका दुई खेलमा उनले तीन विकेट लिइसकेका थिए ।