पौष २३ गते २०७७

पहिलो प्रोजेक्टबाट धेरै सिक्ने मौका पाएँ : एलिजा गौतम

काठमाडौं,२३ पुष ।

अभिनेत्री एलिजा गौतमले नयां फिल्ममाअभिनय गर्ने भएकी छिन् । उनले सामाजिक संजालमा एक फोटो सार्वजनिक गर्दै आधिकारिक जानकारी गराएकी थिईन् ।

गौतम ‘नेपाली फिल्म अनुराग’बाट प्रवेश गरेकी हुन । उनले दिपक श्रेष्ठले निर्देशन गर्न लागेको फिल्ममा काम गर्न लागेकी हुन् । आफुले सानैदेखी दीपक श्रेष्ठका फिल्महरु हेरेको र असाध्यै मन पर्ने भएको कारण पहिले देखी नै उनिसँग काम गर्ने रहर रहेको बताईन् । उनले भनिन् मन पर्ने निर्देशकले म माथी यति ठुलो भरोषा गरेर प्रस्ताव गरेको कारण र कथावस्तु पनि उत्कृष्ट भएको कारण मैले अभिनय गर्ने भएकी हुँ ।


एलिजाले पहिलो प्रोजेक्टबाट धेरै सिक्ने मौका पाएको र त्यो कुरा अन्य फिल्ममा लागु गर्ने बताईन् । म पहिलो फिल्म गरेर निराश भएको छैन । पहिलोपटक सफलता हासिल हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन, त्यहि भएको हो । एलिजाले पहिलोपटक आँफैले बनाएको फिल्म अनुरागु असफल भएको थियो ।

समाजमा व्याप्त छुवाछुतको घटनामा आधारित रहेर यो फिल्मको कथा बनाईएको बुझिएको छ ।