पौष २३ गते २०७७

पोखरा उद्योग वाणिज्य संघको स्वतन्त्र उम्मेदवार सुदिप घरदैलोमा

पोखरा,२३ पुष ।
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिबेशनका लागि स्वतन्त्र उम्मेदवार बनेका युवा व्यवसायी सुदिप प्रधानाङ्ग यति बेला मत माग्दै व्यवसायीहरुको घरदैलो र पसलमा पुगिरहेका छन् । व्यवसायीहरुले उनलाई मतदान गर्ने विश्वास दिलाएपछि सुदिप उत्साहित बनेका हुन् । पोखराको तेर्सापट्टी, बगर, सर्वेश्वर मार्ग पन्थी गल्ली , पृथ्वीचोक लगायतका क्षेत्रमा अहिले सम्म उनले घरदैलो गरि सकेका छन् । जहाँ पुग्छु त्यहाँका व्यवसायीहरुले दिनुभएको बचनले आफु उत्साहित भएको उनले सुनाए ।
तेर्सापट्टीका फर्निचर व्यवसायी श्रीकृष्ण कतिला यो पटकको कार्यसमिती सदस्य पदमा सुदिप प्रधानाङ्गलाई मत दिने पक्षमा छन् । कार्यसमिती सदस्य पदका लागि भएका ले १० जनामा रोजेर सुदिपलाई नछुटाई मतदान गर्ने मनसाय उनले प्रकट गरे । युवा प्रतिनिधित्व अहिलेको आवश्यकता भएकाले पनि युवा उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाइ रहेको छ ।