पौष २१ गते २०७७

नेपालीले नेपाललाई माया गर्नु पर्छ – मनीषा कोइराला

काठमाडौँ, २१ पुष ।

बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालीले नेपाललाई माया गर्नुपर्ने बताएकी छिन्। नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटर नयाँ नक्सा जारी गरेपछि त्यसलाई स्वागत गर्दै उनले सामाजिक सञ्जालमा लेखिकी थिइन्। उनको उक्त कार्यको भारतीयहरुले सामाजिक सञ्जालमार्फत नै चर्को आलोचना गरेका थिए।

त्यस विषयमा सोधिएको प्रश्नको संक्षिप्त जवाफ दिँदै कोइरालाले भनिन्, ‘भारतीयले भारतलाई माया गर्छन्। त्यसैगरी नेपालीहरुले नेपाललाई माया गर्नुपर्छ।’

नागरिक अभियानले पत्रकार सम्मेलन गर्दै आम नागरिकलाई पुस २७ गते बिहान १०ः३० बजे एकता दिवस मनाउनका लागि जम्मा हुन आह्वान गरेको छ। नागरिकस्तरबाटै राष्ट्र निर्माता पृथ्वीनाराण शाहको जन्मजयन्ती मनाउन आह्वान गर्दै कोइरालाले विगतका कुरा भुलेर सबैलाई एकता दिवस मनाउन अपील गरेकी थिइन्।