पौष २० गते २०७७

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनमा मनोनयन दर्ता, अध्यक्षमा कोइराला बीच कोइराला कै भीडन्त, वरिष्ट उपाध्यक्षमा पवन निर्बिरोध


कमल पौडेल अथक

पोखरा २०, पुस
पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनका लागि नारायण कोइराला र बिन्दु कोइराला सुवेदीले अध्यक्षमा मनोनय दर्ता गराएका छन् ।
संघको ३३ औं महाधिवेशनमा नारायण कोइरालाको प्यानलमा वरिष्ठ उपाध्यक्षतर्फ पवनकुमार प्रजापति र वाणिज्यअन्तरगत उपाध्यक्षतर्फ अर्जुन पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।
प्यानलबाट उद्योगतर्फको उपाध्यक्षमा चिनुकुमारी गुरुङले उम्मेदवारी दिएकी छिन् ।
यसैगरी, महासचिव, कोषाध्यक्ष र उपमहासचिवमा क्रमशः सुरेन्द्रमान बिजुक्छे, बलराम आचार्य र केशवबहादुर खत्री रहेका छन् । त्यस्तै सदस्यमा कुमारी मुना बाँस्तोला, दिनेशचन्द्र बाँस्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिवल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला रहेका छन् ।
बस्तुगत संघ सदस्यहरुको तर्फबाट कार्यसमितिको सदस्यमा दुबै प्यानलबाट उदय कुमार केसी,उमापति ढकाल,कृष्ण प्रसाद तिवारी , बलराम तिमिल्सिना, बालाकृष्ण कोइराला,राजन गोगजु, रामबहादुर केसी, रुप नारायण भुजेलले उम्मेदवारी दर्ता गराएका छन् ।
यता विगत देखि नै प्रजातान्त्रिक खेमावाट उमेद्वारी दिँदै आएकी विन्दु कोइराला सुवेदीले यो पटक अध्यक्षमा भने स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएकि हुन् । स्वतन्त्र भनिएको यो खेमामा प्राजातान्त्रिक र बाम खेमाका व्यवसायीहरुको फ्युजन गराएर स्वतन्त्र प्यानल तयार पारिएको छ ।
त्यस्तै विन्दुको कोइरालाको प्यानलले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको छैन । यस पदमा नारायण कोइराला प्यानलका पवनकुमार प्रजापतिलाई नै समर्थन गरिएको छ । दुबै तर्फको समर्थन पाएका पवनकुमार प्रजापति वरिष्ट उपाध्यक्षमा निर्विरोध भएका छन् ।
त्यस्तै, उद्योगतर्फका उपाध्यक्षमा गोर्कणले उम्मेदवारी दर्ता गराएका छन् । सुवेदीको प्यानलले वाणिज्यतर्फका उपाध्यक्षमा सोभित पौडेल, महासचिवमा धनीराम बराल, कोषाध्यक्ष तारानाथ ढुंगाना र उपमहासचिव धर्मराज बाँस्तोलाले उम्मेदवारी दर्ता गराएको छ ।
यसैगरी उनको प्यानलबाट सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तमसेवक कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी संघको औधोगिक सदस्य तर्फ कसैको उमेद्वारी नपरेपछि हीरामणि पण्डित निर्विरोध चयन भएका छन् । यता विगतमा उद्योग वाणिज्य संघको निर्वाचनमा विशेष चासो राख्दै आएका पूर्व अध्यक्षहरु यो पटकको निर्वाचनमा भने कसैको पक्षमा वाहिर खुलेर देखिएका छैनन् । संघको अधिवेशन यही पुस २४ र २५ गते हुदैछ ।