फागुन १० गते २०७७
अब आफ्नै दल दर्ता गरेर निर्वाचन लड्छौँ: स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं, १० फागुन ।
स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले आगामी चुनावमा आफ्नै दल गठन गरेर उम्मेदवारी दिने घोषणा गरेका छन् । गृह जिल्ला पश्चिम नवलपरासीको प्रतापपुरस्थित कठहवा गाउँको निवासमा पत्रकारहरुसँग सोमबार कुरा गर्दै मन्त्री त्रिपाठीले फागुनभित्र दल गठन भइसक्ने बताए । मन्त्री त्रिपाठी स्वतन्त्र राजनीतिक समूहको नाउँबाट तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
नयाँ पार्टीको नाम स्वतन्त्र राजनीतिक समूहलाई नै रुपान्तरण गरेर गठन गर्ने उनको भनाइ छ । आफ्नो पार्टीमा विघटित प्रतिनिधिसभाका केही सांसद् र तत्कालीन तमलोपाका अधिकांश नेताहरु आउने तरखरमा रहेको उनले दाबी गरे । ‘हामीले गठन गर्ने दलमा विघटित प्रतिनिधिसभाका केही सदस्यहरु आउने छन् । उनीहरु संसद् पुनर्स्थापना सम्बन्धीको फैसला कुरेर बसेका छन् । अर्को समूह भनेको तत्कालीन तमलोपाका नेताहरु हुन् । तमलोपाका ८० प्रतिशत भन्दा बढी नेताहरु आउने तयारीमा छन् । अन्य राजनीतिक दलका नेताहरुसँग पनि कुराकानी भइरहेको छ’ मन्त्री त्रिपाठीले भने ।
तमलोपा ब्युँताउन लागेको भन्ने टिप्पणीबारे उनले दुष्प्रचार मात्र भएको प्रतिक्रिया दिए । नयाँ दलको गठन गर्नुपर्ने आवस्यकता बारे उनले वर्गीय आधारलाई अन्य दलले समेट्न नसकेकाले त्यसैको प्रतिनिधित्वलाई समेट्ने बताए ।