चैत्र १५ गते २०७७
यातायात मजदूर संघद्धारा दिवंगतको नाउँमा श्रद्धाञ्जली
कमल पौडेल अथक
पोखरा १५, चैत्र
नेपाल यातायात मजदूर संघ कास्कीले मजदूर संघका दिवंगत शुभचिन्तकहरु प्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
संघले पोखरामा शोक सभा आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेको हो । कांग्रेस नेता नवीन्द्रराज जोशी, नगरवस इकाई अध्यक्ष वीरेन्द्र शर्मा, भवन निर्माण अध्यक्ष हर्कवहादुर पुन, नाइसंघका वरिष्ठ उपाध्यक्षका छोरा धर्मनाथ ठाकुर, पर्यटन तथा होटल मजदूर संघका अध्यक्ष प्रकाश रेग्मीका श्रीमती कामना रेग्मी र नाइ संघ कास्कीका अध्यक्ष अंकुर ठाकुरको निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।
सो अवसरमा वोल्दै नेपाली कांग्रेसका नेता रामजी कुँवरले यो वर्षको होलीमा दिवंगत आत्माले चिरशान्ति पाउनेमा विश्वस्त रहेको वताए ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार गंगाधर पराजुलीले कांग्रेसले यो वर्ष धेरै मान्छे गुमाएकोले शोकलाई शक्तिमा वदल्न आग्रह गरे ।
नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य जीतवहादुर गुरुङले संस्थाले अरुको इतिहास वचाउन सके आफ्नो पनि इतिहास रहने वताए ।
संस्थाका अध्यक्ष दामोदर पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा पृथ्वी राजमार्ग यातायात प्रालिका अध्यक्ष योगेन्द्र केसी, मजदूर प्रदेश संयोजक किरणवावु पन्त, घरेलु श्रमिक संघ कास्कीका अध्यक्ष लालीमाया रेग्मी र सचिव शिव अधिकारीले वोलेका थिए ।