असाेज ३ गते २०७७
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला आज डिस्चार्ज
असोज ३, काठमाडौं ।
कोरोना भाइरस संक्रमण पुष्टि भइसकेपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला आज डिस्चार्ज भएका छन् ।
मंगलबार काठमाडौंको ओम अस्पताल भर्ना भएका डा.कोइराला स्वास्थ्यमा सुधार आएसंगै आज डिस्चार्ज भएका हुन् ।
उनी कोरोना भाइरस मुक्त नभएको र हिजो शुक्रबार गरिएको परीक्षण समेत पोजेटिभ नै आएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनी अब होम आइसोलेसनमा नै बस्ने भएका छन् ।
उनलाई भदौ २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।