माघ २३ गते २०७७

आज ओली समूहको काठमाडौँमा शक्ति प्रदर्शन

काठमाडौँ, २३ माघ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले आज ९शुक्रबार० काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ।शुक्रबार दिउँसो नारायणहिटी संग्रहालयअगाडि हुने शक्ति प्रदर्शन (जनसभा) मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्।

प्रधानमन्त्रीले आजको सम्बोधनमार्फत विशेष नयाँ कुरा बताउने दाबी उनीपक्षीय नेताहरुले गर्दै आएका छन्।पत्रकारसम्मेलन गरेरै ओलीले अहिलेसम्म नबोलेको कुरा आजको सभामा बोल्ने दाबी ओली समूहका नेताहरुले गरेपछि नेकपा प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले ‘ओलीले हिन्दु राष्ट्र बनाउने घोषणा गर्न सक्छन्’ भनी भाषण गरेका थिए।