असाेज ८ गते २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रक्रिया सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । डेमोक्रेट्स पार्टीले औपचारिक रुपमा महाभियोगको प्रक्रिया सुरु गरेको हो । तर तल्लो सदनकी सभामुख एवम् शीर्ष डेमोक्र्याटिक नेतृ न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले कानूनको उल्लंघन गरेको र संवैधानिक जिम्मेवारीलाई भुलेको आरोप लगाएकी छन् । आफूलाई राजनीतिक फाइदा हुने प्रक्रिया सुरु गर्नका लागि ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग आग्रह गर्नु पदको दुरुपयोग रहेको उनले बताएकी छन् ।

अमेरिकाको संविधानमा पदको दुरुपयोग गर्ने राष्ट्रपतिलाई पदबाट हटाउनका लागि महाअभियोग लगाउन सक्ने व्यवस्था छ । देशद्रोह, भ्रष्टाचार या अरु उच्च अपराध र कुकर्म गरेको प्रमाणित भएमा महाअभियोग मार्फत राष्ट्रपतिलाई हटाउन सक्ने प्रावधान संविधानमा छ । तर यसको स्पष्ट अर्थ भने छैन ।