असाेज ३ गते २०७६
प्रचण्डको शुभकामना सन्देश:गणतन्त्रवादीहरू एकतावद्ध हुदै अराजकहरुलाई प्रतिवाद गरौ
नेकपा अध्यक्ष प्रचण्डले नयाँ बिचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको अभिभारा भएको बताएका छन।चौंथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन।
संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रचण्डले वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्था तर्फ अघि बढ्न मार्ग प्रशस्त गरेकाले अब परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्नेमा जोड दिएका छन।
‘जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने दिवा सपना केही अराजक तत्वहरुले देख्ने गरेका छन्’, संविधान दिवसका अवसरमा जारी सन्देशमा प्रचण्डले भनेका छन्, ‘जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध हुन आग्रह गर्दछु ।’
संविधानबाट मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्यजस्ता लोकतन्त्रका अवयवहरुको जग बसेको दाबी प्रचण्डले गरेका छन।यसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको प्रचण्डको भनाइ छ।
संविधानले समाजवादी व्यवस्थातर्फ मार्ग प्रशस्त गरेकाले नयाँ विचारको विकास गरी नेपाली मौलिकताको समाजवाद स्थापना गर्नु पर्ने मत प्रचण्डको छ। प्रचण्डले सन्देशमा नेपाली आमाबावुका सर्वोत्तम छोराछोरीको त्याग र बलिदानले देशमा राजनीतिक परिवर्तन भएको स्मरण गर्दै सबैप्रति सम्मान व्यक्त गरेका छन।