समाचार

बिशाल सहकारीको रक्तदानमा ५४ युनिट रगत सकलन

2 years ago Samaya Dristi Comments Off on बिशाल सहकारीको रक्तदानमा ५४ युनिट रगत सकलन
पोखरा २३, मंसिर पोखराको बुद्ध विशाल बजारमा रहेको बिशाल सहकारीको रक्तदानमा ५४ युनिट रगत संकलन भएको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयाजना गरेको हो । संस्थाका अध्यक्ष शिवप्रसाद शर्मा र बुद्धीप्रसाद पौडेलरले पहिलो रक्तदाता जगन्नाथ ढकाललाई व्लडव्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । रक्त संञ्चार केन्द्र पोखराको प्राविधिक सहयागमा कार्यक्रम भएको थप समाचार

फोटोग्राफरलाई ठग्ने पोखराका वडा सदस्य पहारी सहित ४ जना पक्राउ

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफरलाई ठग्ने पोखराका वडा सदस्य पहारी सहित ४ जना पक्राउ
पोखरा,मंसिर २३, २०८० जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, सोही स्थान कै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल रहेका छन् । कास्की प्रहरीका अनुसार उनीहरुले थप समाचार

खुलेको हिमाल

2 years ago Samaya Dristi Comments Off on खुलेको हिमाल
केही दिनदेखी मौसममा परिवर्तन भई हिमाली भेकमा हिउ परेको छ ,पोखराको याम्दी देखी देखिएको माछापुच्छ«ेको मनमोहक दृश्य तस्विर ः निरञ्जन श्रेष्ठ थप समाचार

२२ गते देखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

2 years ago Samaya Dristi Comments Off on २२ गते देखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने
पोखरा नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । थप समाचार

पोखरामा नाटक “एक चिहान” मञ्चन जारी

2 years ago Samaya Dristi Comments Off on पोखरामा नाटक “एक चिहान” मञ्चन जारी
पोखरा १२ मंसिर । नाटक ‘एक चिहान’ मंगलबारदेखि बुकिङ शो मार्फत पोखरामा मञ्चन हुन थालेको छ । यस अगाडि सोमबार नाटक विशेष शो मार्फत मञ्चन भएको थियो । विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको नाटक विद्यार्थी, शिक्षक, अभिभावक, सञ्चारकर्मी र नाटकप्रेमी समेतको उपस्थितीमा विशेष शो मार्फत मञ्चन भएको थियो । नाटक हेरे पश्चात दर्शकले नाटक टीमले थप समाचार

पञ्चासे भञ्ज्याङमा सञ्चालित होटल तथा घरबासको अनुगमन

2 years ago Samaya Dristi Comments Off on पञ्चासे भञ्ज्याङमा सञ्चालित होटल तथा घरबासको अनुगमन
कमल पौडेल अथक पोखरा ११, मंसिर पोखरा २३ पञ्चासे भञ्ज्याङमा रहेका होटल तथा घरवास होमस्टेहरुको सोमवार अनुगमन गरिएको छ । पर्यटन,उद्योग,बाणिज्य तथा उपभोक्ता हित निर्देशनालय कास्कीको अगुवाईमा सो अनुगमन गरिएको हो । पछिल्लो समयमा गाँउ घरमा हुने मेला महोत्सवहरु र घरवास तथा होटलहरुमा राखिने खाद्य पदार्थको गुणस्तरको वारेमा प्रश्न उठेपछि समितिले यस्ता ग्रामीण भेगमा अनुगमन थप समाचार

उद्योग दिवसमा ७ जना उद्योगी सम्मानित

2 years ago Samaya Dristi Comments Off on उद्योग दिवसमा ७ जना उद्योगी सम्मानित
कमल पौडेल अथक पोखरा ९, मंसिर नवौं उद्योग दिवसको अवसरमा पोखरा र आसपासका ७ जना उद्योगी व्यवसायीहरु सम्मानित भएका छन् । उद्योग संचालन गरी देशको अर्थतन्त्रमा योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा विक्रम कर्माचार्य, मोति पौडेल, शक्ति पाण्डे, सुजल श्रेष्ठ, तुलसा पाण्डे चन्दकान्त वराल र सुन्नीकुमारी पुर्जा रहेका छन् । गण्डकी थप समाचार

2 years ago Samaya Dristi Comments Off on
हरिबोधिनी एकादशी(फोटो फिचर) ७ मंसिर पोखरा हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् हरिबोधिनि एकादशीमा उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।आजको दिन थप समाचार

दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी सम्पन्न पश्चिमाको प्रभावले प्राचीन संस्कृति सङ्कटमा

3 years ago Samaya Dristi Comments Off on दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी सम्पन्न पश्चिमाको प्रभावले प्राचीन संस्कृति सङ्कटमा
  पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटोन्मुख भएको बताए । नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डी दाङ अन्तरगत राष्ट्रिय संस्कृति अध्ययन केन्द्रको आयोजनामा सम्पन्न गोष्ठीका वक्ताले उक्त धारणा राखेका हुन् थप समाचार

कोपिला सहकारीको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on कोपिला सहकारीको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ (फोटो फिचर)
पेखरा, ३ मंसिर पोखराको सिद्धार्थचोकस्थित कोपिला बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा कृष्णकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार संस्थाको १६ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा आगामी ३ वर्षको लागि नयाँ सञ्चालक समिति सर्व सम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा सञ्जय पौडेल, कोषाध्यक्ष घननाथ सापकोटा थप समाचार