राष्ट्रिय सभा उपचुनावका लागि आयोगले दियो दल दर्ताको समय

3 years ago Samaya Dristi 0
काठमाडौं, २४ पुस । रिक्त राष्ट्रिय सभा सदस्य पदमा हुने उपचुनावका लागि निर्वाचन आयोगले दल दर्ताका लागि समय दिएको छ। आज सूचना निकालेर आयोगले पुस २५ गतेदेखि पुस २८ गतेसम्म दल दर्ता गरिसक्न आग्रह गरेको हो। यही माघ २५ गते राष्ट्रिय सभा उपनिर्वाचन हुँदैछ। लुम्बिनी प्रदेशको अन्यतर्फ रिक्त एक पदका लागि उपचुनाव गर्न लागिएको हो। थप समाचार

सर्वोच्च बारको अध्यक्षमा अधिवक्ता हरिशङ्कर निरौला विजयी

3 years ago Samaya Dristi 0
काठमाडौं, २४ पुस । सर्वोच्च बार एसोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन लागि भएको चुनावमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी हुनुभएको छ । उहाँ दुई सय ८९ मत ल्याएर विजयी हुनुभएको हो। उहाँको प्रतिस्पर्धी प्रगतिशीलका वरिष्ठ अधिवक्ता तुलसी भट्टले दुई सय ७५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा थप समाचार

डिसेम्बर फल्स र चि मुसी चीले दर्शक पाउन सकेन

3 years ago Samaya Dristi 0
काठमाडौं, २४ पुस । काठमाडौं स् कात्तिकको छेको पारेर प्रदर्शनमा आएको नेपाली फिल्म महापुरुषले बक्स अफिसमा राम्रो कमाइ गर्‍यो। हलमा ५१ दिन मनाउन सफल उक्त फिल्मले १० करोडभन्दा बढी कमाएको थियो। त्यसयता भने कुनै पनि नेपाली फिल्मले व्यवसायिक रुपमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्। गत हप्ता प्रदर्शनमा आएको आर्यन सिग्देल र उपासनासिंह ठकुरीको मुख्य भूमिका थप समाचार

रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान

3 years ago Samaya Dristi 0
काठमाडौं, २४ पुस । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान हुँदैछ। रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले बिहान ११ बजे परिक्षण उडान गर्न लागेको हो। जहाज काठमाडौँबाट गुल्मी पुग्न करिब ५० मिनेटको समय लाग्ने छ। जहाजमा गुल्मीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, गोकर्ण विष्ट, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, थप समाचार

संकटालाई आहा ! रारा पोखरा गोल्डकपको उपाधि

3 years ago Samaya Dristi 0
पोखरा, २३ पुस । संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो । रोमान्चक खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गरेपछि संकटा च्याम्पियन बनेको हो थप समाचार

एघारौं पोखरा महोत्सवलाई संघ संस्थाले सहयोग गर्ने

3 years ago Samaya Dristi 0
पोखरा पुष २२ , एघारौं पोखरा महोत्सवमा पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्यालीमा सहभागी भइ सहयोग गर्ने भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको उद्घाटन समारोहमा पोखरा रंगशालादेखी महोत्सव स्थल अमरसिंह चौर सम्म झांकी र्यालीमा सहभागी भइ सहयोग थप समाचार

धुवाँले निस्सासिएर भारतमा तीन नेपालीको मृत्यु

3 years ago Samaya Dristi 0
धनगढी, १८ पुस । भारतमा तीनजना नेपालीको ज्यान गएको छ। रोजगारीका सिलसिलामा भारतमा रहेका डोटीका एकै परिवारका तीन जनाको निस्सासिएर मृत्यु भएको हो। डोटीको बडिकेदार गाउँपालिका–५ लाना घर भएर हाल कैलालीको गौरिगंगा नगरपालिका–१ गोप्का बस्ने एकै परिवारका तीन जनाको भारतको मेरठमा मृत्यु भएको बताइएको छ। कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, थप समाचार

प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने

3 years ago Samaya Dristi 0
काठमाडौं, १८ पुस  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संसद बैठकमा विश्वासको मत लिने भएका छन्। संघीय संसद सचिवालयका महासचिवलाई सोमबार पत्र पठाउँदै प्रचण्डले पुस २६ गतेको बैठकमा विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गरेका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन पुस २५ गतेका लागि आह्वान गरेकी छिन्। पुस २६ थप समाचार

कुमारी र एनसिसी बैंक गाभिए

3 years ago Samaya Dristi 0
काठमाण्डौ, १८ पुस । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकको आजदेखि एकीकृत कारोबार सुरु भएको छ । दुबै बैंक एकआपसमा गाभिएपछि कुमारी बैंककै नामबाट आजदेखि एकीकृत कारोबार सुरु भएको हो ।गत मङ्सिर २५ गते दुवै बैंकले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत एकआपसमा गाभिने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले यही पुस ६ थप समाचार

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

3 years ago Samaya Dristi 0
वीरगञ्ज, १८ पुस । बाराको सीमावर्ती नाका गुलरियाबाट सशस्त्र प्रहरीले पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला मोतिहारी नगरपालिका वडा नं १६ बस्ने ४० वर्षीय चन्दन कुमारलाई पक्राउ गरेको हो । आइतबार साँझ पक्राउ परेका चन्दनको साथबाट एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरी थप समाचार