पौष १४ गते २०८०

अन्नपूर्ण सहकारीको नेतृत्वमा फेरी पौडेल निर्बिरोध निर्वाचित

अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिको १२ औ वार्षिक साधारण सभा तथा मर्चर पछीको दोश्रो अधिवेशनले इन्द्र प्रसाद पौडेल सहित सञ्चालक समितिलाई निर्बिरोध  निवार्चित गरेको छ । यसैगरी उपाध्यक्षमा मनपती अधिकारी, सचिवमा बाबुराम भण्डारी, सह सचिव लक्ष्मी अधिकारी, कोषाध्यक्ष सरिता सुबेदी र सदस्यहरुमा दुर्गा प्रसाद पौडेल, कृष्ण प्रसाद दाहाल ठृल्दाई, नवराज अधिकारी,शान्ति गुरुड., बिष्णुहरि भुगाई, खगराज अधिकारी सर्वसम्मत निवार्चित भएका छन । लेखा समितिको संयोजकमा जनकराज पौडेल, सदस्यमा कृष्णराज अधिकारी र रामेश्वर पौडेल सर्वसम्मत निर्वाचित भएका छन ।


पोखराको हरिचोक स्थित आफ्नो मुख्य कार्यालय रहेको उक्त सहकारीले झण्डै १५ करोड बचत रहेको र ऋण लगानी समेत १४ करोड ६७ लाख रहेको छ । शेयर पूजी ३ करोड ५८ लाख रहेको यस सहकारीका १ हजार ६ सय १२ शेयर सदस्य रहेका छन । पहिलो उद्घाटन सत्रको उद्घाटन कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले गर्नुभएको थियो । सोही अवसरमा प्रमुख अतिथीले उद्घाटन भाषण गर्दै अव सहकारीहरुले शेयर सदस्यहरुलाई उद्यमशिलतामा जोड दिनुपर्ने र सहकारीलाई प्रबिधीमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । अन्नपूर्ण सहकारीले उक्त साधारण सभामा जेष्ठ शेयर सदस्यमा पुण्यप्रसाद पौडेल र लोकबहादुर श्रेष्ठलाई सम्मान गरेको थिए । यसैगरी सहकारीले असल मासिक बचतमा झकराज अधिकारी र पुष्पा गुरूङ असल निक्षेप कर्तामा बालदेवी गुरूङ, रमा केसी, मिठीदेवी भण्डारी, प्रजापति भारती, थानेश्वर सुबेदी, शोभाकान्त अधिकारी असल कारोबारीमा माधवप्रसाद पराजुली, नारायणी भण्डारी, धर्मराज कुँवर, सूरज भण्डारी, झलकराम अधिकारी र रुद्रनाथ पौडेल रहेका छन् । त्यस्तै, असल दैनिक बचतकर्तामा सितादेवी पौडेल, खिमराज भण्डारी, लोकनाथ भण्डारी, इश्वरीप्रसाद भण्डारी सिरकली दाहाललाई सम्मान गरेको छ । त्यसै गरि संस्थाका उत्कृष्ट कर्मचारीको रुपमा निमित्त कार्यालय प्रमुख चन्द्रकला पौडेल र नागडाँडा केन्द्र प्रमुख अर्जुन पौडेललाई सम्मान गरेको छ ।
अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षता, नेपाल बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालको प्रमुख आतिथ्यता, जिविस कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिका कास्कीका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष इन्द्रप्रसाद पौडेलबाट वार्षिक प्रतिवेदन, कोषाध्यक्ष बाबूराम भण्डारीबाट आर्थिक प्रतिवेदन र लेखा संयोजक जनकराज पौडेलबाट लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सह–सचिव लक्ष्मी अधिकारीबाट स्वागत मन्तव्य, शिक्षा उपसमितिका संयोजक सरिता भण्डारीले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिईन् ।
सचिव मनपती अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा ढिकुरपोखरी समाजका अध्यक्ष सोमनाथ पौडेल, सल्लाहकार कुलबहादुर गुरूङ कुलु, सल्लाहकार एवं निर्वाचन समितिका संयोजक बिष्णुप्रसाद अधिकारी, सल्लाहकार टंकराज अधिकारी, आँधीखोला गाउँपालिका स्याङजाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, सेतीमोदी सहकारीका अध्यक्ष जयलाल अधिकारी संस्थाका लगायतले बधाई एवं शुभकामना मन्तव्य राखेका थिए । साधारण सभा तथा अधिबेशनको निर्वाचन मण्डलको संयोजकमा सल्लाहकार बिष्णुप्रसाद अधिकारी, सदस्यहरुमा संस्थाका सल्लाहकार टंकराज अधिकारी र शोभाखर अधिकारी रहेका थिए ।

अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि कास्कीको साविक ढिकुरपोखरी गाबिस हाल अन्नपूर्ण गाउपालिका वडा नं १,२ र ३ का पोखरा आई अस्थाई वा स्थाई रुपमा बसोबास गरकाहरुले खोलेको ढिकुरपोखरी समाजको भातृ स्वतन्त्र संस्था हो । २०६८ सालमा ढिकुरपोखरी समाज बचत तथा ऋण सहकारी संस्था लिको रुपमा दर्ता भएको यो सहकारी २०७६ मा अन्नपूर्ण गाउपालिका सेराचौरमा रहकेको कृषि सहकारी मर्चर भै अहिले अन्नपूर्ण बचत तथा ऋण सहकारी भएको यो संस्थाको यो दोश्रोे अधिवेशन हो । यस अगाढीको अधिवेशनले पनि इन्द्र प्रसाद पौडेललाई निर्वाचित गरेको थियो भने अहिले पून दोह्याएको छ । अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयरसदस्य गाउका हुन वा गाउ छोडी बजार पसेका हुन उनीहरुको आर्थिक गतिबिधीमा एक अभिभावकको भूमिका खेल्दै आएको संस्थाका नव निर्वाचित अध्यक्ष्य इन्द्र प्रसाद पौडेलले बताए ।