माघ ८ गते २०७७

राजेश हमालले चार वर्षपछि फिल्म खेल्ने भए

काठमाडौं, ८ माघ ।

माहानायक राजेश हमालले चार वर्ष पछि फिल्म खेल्ने भएका छन् । २०१६ मा रिलिज भएका दुई फिल्म ‘बागमती’ र ‘शकुन्तला’ फ्लप भएपछि उनी फिल्मबाट टाढिएका थिए ।

लकडाउनपछि म्युजिक भिडियो र टेलिभिजन कार्यक्रममा व्यस्त हमाल अब भने ठूलो पर्दामा फर्कने तयारीमा छन् । शंकर कार्कीले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘सत्यम’मा हमाल अनुबन्धित भएका छन् । कार्कीले यसअघि ‘रोमियो’ निर्देशन गरेका थिए ।