पौष ९ गते २०८०
कैलाश सहकारीको तेह्रौ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न
घनश्याम पौडेल
पोखरामा रहेको कैलाश बचत तथा ऋण सहकारीले आफ्नो तेह्रौ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न गरेको छ । गत शनिबार सप्ताहब्यापी कार्यक्रमको समापन समारोहमा संस्थाको स्मारिका बिमोचन, जेष्ठ शेयर सदस्यलाई सन्मान र शेयरसदस्यहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका सह रजिष्ट्रार इश्वरी ढकाल को प्रमुख आतिथ्यमा भएको कार्यक्रमको उद्घाटन स्मारिका बिमोचन बाट गरिएको थियो ।
संस्थाले गरेको सप्ताह ब्यापी बिभिन्न कार्यक्रम अन्तरगत पौष २ मा सरसफाई, पौष ३ मा आफ्नो स्थापनाको दिन भएकाले दिपप्रज्वलन, पौष ४ मा ७० युनिट रक्तदान गरेको थियो । यही रक्तदान कार्यक्रममा पोखरा हस्पीटल एण्ड रिसर्च सेन्टरको टोलीले रक्त परिक्षण समेत गरेको थियो । यसैगरी पञ्चकोशी आधारभूत बिद्यालय औसेलुचौर पोखरा २३ का बिद्यार्थीलाई स्टेसनरी सहित बिद्यालयलाई पनि आवश्यक शैक्षिक सामग्री बितरण गरिएको थियो ।
कैलाश सहकारीको स्थापना वर्ष २०६८ देखी आज सम्मका गतिबिधी र कैलाश सहकारीले नै मिति २०७० मा नै स्थापना गरी हाल सम्म अत्यन्त राम्रो अवस्थामा सञ्चालित कैलाश सहकारी फोटोफ्रेम उद्योगको गतिबिधी सहित समेटिएको स्मारिका पनि कैलाश सहकारीले प्रकाशन गरेको छ ।
पोखरा क्षेत्रमा कार्यरत फोटोग्राफरहरुले आफ्नो पेशागत बिकासका लागि पहिले सहकारी र त्यसै अन्तरगत लगत्तै फोटोफ्रेम उद्योग खोलेर ४० जनालाई रोजगारी समेत दिदै आएको छ । १९३ शेयर सदस्य रहेको यो सहकारीको झण्डै १३ करोड बराबरको कारोबार गर्दै आएको छ ।
सहकारीको समापन कार्यक्रममा सहकारीका सात सिद्धान्त पूर्ण कुमारी थापाले वाचन गर्नुभएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष विनोदराज ढकाल गर्नुभएको थियो । स्मारिका बारे सो प्रकाशन समिति संयोजक जिवन ढुंगानाले स्मारिकामा समेटिएका बिषय बस्तु र समग्र सहकारी तथा उद्योग स्थापनाकालमा भोगेका कठिनाई बारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पोखरा टेलिभिजनका माधव पनेरु, सिद्धार्थ टोल बिकास संस्थाका अध्यक्ष सिमा कोइराला ,पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल, फोटोग्राफर संघ गण्डकी का अध्यक्ष दुर्गा प्रसाद पौडेल, पूर्व अध्यक्ष शिवहरी अधिकारी, लेखा समिति संयोजक परशुराम आचार्य, पत्रकार ईन्द्र प्रसाद पौडेल साथै बिशेष अतिथि पोखरा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले आ आफ्नो मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा शेयर सदस्य बाट जेष्ठ सदस्य जयन्द कुमार राजभण्डारी लाई सन्मान गरिएको थियो ।
कैलाश सहकारीका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्ष्यतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव बिष्णुहरि अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रमको दोश्रो सत्रमा संस्थाका सम्पुर्ण शेयर सदस्यहरु बिच सहकारी अन्तरक्रिया कार्यक्रम गरिएको थियो । शिक्षा उपसमितिको संयोजकत्वमा भएको उक्त शिक्षा अन्तरक्रिया कार्यक्रममा आफ्नै सहकारीबारेका प्रश्न उत्तर कार्यक्रम राखेर संस्थाको परिचय, बचत तथा ऋण परिचालन र गतिबिधीबारेमा सवैलाई रमाइलो तवरले अवगत गराइएको थियो ।